दलित भएर मुख लागेको भन्दै ६ जना दलित युवामाथि सांघातिक आक्रमण

दलित अनलाईन २४ श्रावण २०७७, शनिबार १२:५२

राजविराज – दलित भएर मुख लाग्ने भन्दै शुक्रबार सप्तरीको बोदे बर्साइनमा ६ जना दलित युवामाथि कुटपिट भएको छ। कुटपिटबाट बोदे बर्साइन नगरपालिका-१० अमरैया टोलका १९ वर्षीय जितेन राम, २० वर्षीय दिपेन राम, २३ वर्षीय सरोज राम, २४ वर्षीय सुन्दर राम तथा २५ वर्षका रामदुलार राम र रामनन्दन राम घाइते भएका छन्।

उपचारमा संलग्न चिकित्सकका अनुसार रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा उपचाररत जितेन, रामदुलार, रामनन्दनको टाउको फुटेको छ भने दिपेन, सरोज र सुन्दरको टाउको, अनुहार र शरिरको विभिन्न भागमा चोटपटक लागेको छ। उनीहरुलाई सोही ठाउँका ४० वर्षीय दलुवा यादव, २१ वर्षीय जितन यादव, २२ वर्षीय जितेन्द्र यादव, २३ वर्षीय रन्जनकुमार यादव तथा सोही उमेरका शिवकुमार यादव र चन्दन यादवले कुटपिट गरेको घाइतेहरुले बताए। पीडितहरुको परिवारका सदस्यहरुले इलाका प्रहरी कार्यालय, कडरबोनामा उजुरी दिने बताएका छन्।

यसरी भयो दलित युवाहरुमाथि कुटपिट 

विहिवार साँझ सोही ठाउँका श्यामसुन्दर राम मोटरसाइकलमा गइरहेको बेला केही दिनअघि गाली गरेको भन्दै समूहमा आएका ती युवाहरुले मोटरसाइकलको साँचो खोसेर कुटपिट गर्न थाले । स्थानीयहरु भेला भएपछि दुवै पक्षलाई सम्झाएर घर फर्काए । राम घर फर्किएसँगै सोही बाटो भएर ती युवाहरु पनि फर्किदै थिए ।

सोही क्रममा रामले किन कुटेको भन्दै साधेपछि फेरी उनीहरुले कुटपिट गर्न थालेको तथा झगडा छुटाउन आएकी रामकी १९ वर्षीय बहिनी रामकुमारीलाई पनि कुटेको रामले मधेश लाइभलाई बताए । पछि इलाका प्रहरी बोदे बरसाईनबाट खटिएका प्रहरी टोली घटनास्थलमा पुगेपछि झगडा साम्य भयो र आ आफ्नो घर फर्किए ।

शुक्रवार विहान सोही टोलका हरि रामलाई सडक भएर काममा जाने क्रममा ती युवाहरुले अचानक कुटपिट गर्न थाले । कुटपिटमा परेका राम चिच्याउन थालेपछि हेर्न पुगेका दलित युवकहरुलाई निर्घात कुटपिट गरेको पीडितहरुको भनाई छ । ‘उनीहरु पहिलेदेखि नै बाँसघारीमा भाटा लुकाएर राखेका थिए, हामी पुगेसँगै हरिलाई छाडेर चारैतिरबाट हामीमाथि नै प्रहार गर्न थाले’ पीडित रामदुलार रामले भने–‘हामी पनि चिच्याउन थालेपछि गाउँका अरु मानिस आएपछि उनीहरु भागे ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank