‘सबैको सहयोगबिना अपराधरहित न्यायपूर्ण समाजको निर्माण गर्न सकिदैन’: आईजीपी

दलित अनलाईन १९ माघ २०८१, शनिबार १९:२९

पोखरा—  नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले समाजका सबै वर्ग र समुदायको सहयोगबिना अपराधरहित न्यायपूर्ण समाजको निर्माण गर्न नसक्ने बताएका छन्।

शनिबार पोखरामा सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको १८ औं साधारण सभा एंव १० औं अधिवेशनका अवसरमा आयोजित कार्यक्रममा उनले शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान नेपाल प्रहरीको प्राथमिक जिम्मेवारी भएपनि समुदाय र नागरिकहरुको सहकार्यबिना यो सब सम्भव नभएको बताए।

Laxmi sunrise bank 2034

उनले भने, ‘शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान नेपाल प्रहरीको प्राथमिक जिम्मेवारीको क्षेत्र हो। यो जिम्मेवारी समुदाय र नागरिकहरुको सहयोग र सहकार्यबिना प्रहरीको एकल प्रयासले मात्र सम्भव हुँदैन। त्यसकारण समाजका सबै वर्ग क्षेत्र र समुदायको रचनात्मक सहयोग र सहकार्य भएमा मात्र अपराधरहित न्यायपूर्ण समाजको निर्माण गर्न सफल हुनेछौं।’

यसका साथै, उनले अपराध, लागू औषध दुव्र्यसन र यौनजन्य हिंसाका बारेमा सचेतना जगाउने खालको पाठ्यक्रमनै तर्जुमा गर्ने हो भने अपराधका घटनाहरु कम हुने पनि बताए।

उनले भने, ‘विद्यार्थीहरुलाई अपराधिक क्रियाकलाप र कुलतमा फस्न नदिन पाठ्यक्रममै तर्जुमा गरि अपराध, लागू औषध दुव्र्यसन र यौनजन्य हिंसाका बारेमा सचेतना जगाउने तर्फ हामी लागेका छौं। करिब १ सय ७५ वटा स्थानीय सरकारहरुले यो कुरालाई पाठ्यक्रममा समावेश गरेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank