सरकारले ल्यायो १५ खर्ब ३२ अर्बको बजेटको (पूर्णपाठ)

दलित अनलाईन १५ जेष्ठ २०७६, बुधबार १९:११

काठमाडौं–सरकारले आगामी आर्थिक वर्ष २०७६-७७ को वार्षिक बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गरेको छ।

अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदमा बुधबार सार्वजनिक गरेको बजेट भाषणअनुसार चालू तर्फ ९ अर्ब ५७ लाख १० करोड १४ अर्थात ६४। ४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

यस्तै पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात २६.६ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

वित्तीय व्यवस्थातर्फ १ खर्ब ६८ अर्ब ८५ करोड ९८ लाख बजेट रहेको छ।

यस्तै आगामी आर्थिक वर्षका लागि अनुमानित खर्चको स्रोतका लागि राजश्वबाट ९ अर्ब ८१ अर्ब १३ करोड ८३ लाख तथा वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ३३ लाख प्राप्त गरिँदा पनि बजेटमा ४ अर्ब ९३ अर्ब ८३ करोड ३३ लाख कम हुनेछ ।

जुन न्यून पूर्तिका लागि वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ८६ करोड ३३ लाख जुटाइनेछ ।

राजश्व र वैदेशिक अनुदान तथा ऋणबाट पनि अपुग हुने १ खर्ब ९५ अर्ब आन्तरिक ऋणबाट व्यवस्थापन गरिने अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

 

पूर्णपाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank