संसदमा ओलीको गर्जन- ‘कसैको दम छ भने मैले भ्रष्टाचार गरेको एउटा तथ्य ल्यावस्’

दलित अनलाईन १८ माघ २०८१, शुक्रबार २०:१७

काठमाडौँ  — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध विपक्षी दलहरूले निराधार भ्रम फैलाउने काम गरेको दाबी गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन् गर्दै ओलीले विरोधीहरूले हावा कुरा गरेर सरकारका विरुद्ध भ्रम फैलाउने काम देख्दा सरकारको काममा कुनै आलोचना गर्ने ठाउँ रहेनछ भन्ने पुष्टि भएको दाबी गरे।

उनले भने, ‘म सरकारका काम कारबाहीको रचनात्मक आलोचना होस् भन्ने चाहन्छु। सरकारलाई गल्ती गर्नबाट रोक्न आलोचना, टिप्पणीहरूको आवश्यक्ता हुन्छ। र, प्रतिपक्षले यस्ता कुरामा खबरदारी गर्नुपर्छ। तर, चरित्रहत्या गर्नका लागि कपोकल्पित, झुठा, निराधार कुराहरू गरेर गीत गाएर कुद्नु अनुचित छ।’

Laxmi sunrise bank 2034

उनले आफू भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिवद्धता दोहोर्‍याए। उनले आफूले भ्रष्टाचार गरेको प्रमाण ल्याउन चुनौतीसमेत दिए।

उनले भने, ‘म दावासाथ भन्छु, दुनियाँको अगाडि उभिएर भन्न चाहन्छु- म भ्रष्टाचार गर्दिन, गर्न पनि  दिन्न। कसैको दम छ भने भ्रष्टाचार गरेको कुनै पनि मात्रामा कुनै पनि ठाउँमा कुनै पनि सन्दर्भमा एउटा कुरा ल्यावस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank