
काठमाडौं — अमेरिकाले नेपाललाई स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुन दबाब नदिएको प्रष्टाएको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालसँग कुनै पनि सैन्य गठबन्धन नभएको जनाएको हो । साथै उसले सैन्य गठबन्धनका लागि प्रस्तावसमेत नगरेको र १० बुँदे सहमति नभएको दाबी गरेको छ ।
पछिल्लो केही दिनयता नेपालले अमेरिकासँग सैन्य गठबन्धनमा सहभागी हुने तयारी गरेको चर्चा चलिरहेको छ ।
Leave a Reply