स्वर्गीय सुबेदार मेजर लाल बहादुर थापाको सम्झनामा पाँच परिवारलाई राहत वितरण

दलित अनलाईन ११ जेष्ठ २०७७, आईतवार २२:३९

काठमाडौं– सरकारले जारी गरेको लकडाउनको कारण साझ विहान छाक टार्न धौ धौ परेका विपन्न ज्यालामजदुरी गर्ने पाँच परिवारहरूलाई  स्वर्गिय सुबेदार मेजर लाल बहादुर थापा (सुनारी) मगरको सम्झनामा परिवारद्वारा आर्थिक सहयोगमा राहत वितरण गरिएको छ ।
नवलपुरको आरुङ्खोलामा घर भएका स्वर्गिय सुबेदार मेजर लाल बहादुर थापा (सुनारी)मगरको सम्झनामा उहाँको परिवारले रामेछाप  र सिन्धुपाल्चोकका पाँच जनालाई  खाध्न सहित राहत वितरण गरेका हुन । पाँच परिवारलाई २५ किलो चामल, दुई किलो दाल, चिनी, नुन र तेल सहित सामाग्री वितरण गरिएको हो ।


स्वर्गिय सुबेदार मेजर लाल बहादुर थापा (सुनारी)मगर आरुङ्खोलामा एउटा असल समाजसेवीका रुपमा चिनिन्छन्।
मेजर लाल बहादुरले आफ्नो फौजी सेवापछि प्राय सबै समय समाजसेवा साथै दुखी गरीबहरुको लागि मद्धत तथा उदार गदै आएका थिए । थापाको सरल र सधैं मद्धतको लागि तत्पर रहने स्वभाब नै परिवारको लागि प्रेणाको श्रोत बनेको उहाँका परिवारले बताए ।
आफ्नो छोरा बुहारीको साथमा बस्दै आएका थापाको ३ छोरी जवाइ छन भने एक छोरा बुहारी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank