विराटनगर — सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको हिंसात्मक घटना छानबिन गर्न गृह मन्त्रालयको टोली विराटनगर पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वको समिति सोमबार राति विराटनगर पुगेको हो । थापाको टोलीले राति नै विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो ।
थापा समितिले घटनाबारे विस्तृत अध्ययन सुरु गरिसकेको छ । छानबिन समिति गठनसँगै गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकरी (सीडीओ)लाई फिर्ता बोलाइसकेको छ ।

समितिले कप्तानञ्जसमेत पुगेर घटनास्थलको निरीक्षण गर्नेछ । सोमबार नै थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
सुनसरीको देवानगञ्ज गाउँपालिका– ३, कप्तानगञ्जमा आइतबार राति दुई समूहबीचको विवाद भएको थियो । विवाद बढेपछि हिंसात्मक घटना भएको थियो । र, घटना नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको थियो । त्यसक्रममा एक जनाको मृत्यु भएको छ । उक्त त्यसपछि परिस्थिति भड्किन नदिन स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।


























Leave a Reply