पत्रकार एलबी विश्वकर्माको मृत्युले उब्जाएको प्रश्न

हिरा विश्वकर्मा ८ माघ २०७८, शनिबार २२:१३

अहिले सामाजिक संञ्जाल तथा पत्रपत्रिकाहरु जहाँ हेर्दा पनि एलबी विश्वकर्माको मृत्युले प्राथमिकता पाईरहेको देखिन्छ । अरुको समाचार लेख्ने यी कलमजीवि आफै समाचार बन्दा अरु कलमजीविहरुले उनीप्रति सहानुभुति स्वरुप आफ्ना भावनाहरु पोखिनुलाई स्वाभाविक मान्न सकिएला तर उनको मृत्युपछि के भन्ने बहसहरु भएको देखिदैन । उनको विगतलाई हेर्दा सुदुरपश्चिमको अछाम जिल्ला आफैमा अत्यन्त पिछडिएको जिल्ला हो ।
जहाँ ९० प्रतिशत जनताहरु त्यसमा अधिकतम दलितहरु पनि पर्दछन रोजगारीका लागि भारतका विभिन्न सहर जान्छन । चरम गरिबीकै कारण उनीहरु भारतमा रोजगारीका लागि जाने गर्छन् । उनीहरुले त्यहाँ कमाएको रकम जीविकोपार्जन भन्दा माथि हुँदैन, पढ्नु लेख्नु त परको कुरा हो । यस्तै अवस्थालाई चिरेर पढ्नु लेख्नु र काठमाडौंमा पत्रकारिता गर्नु आफैमा सुदुरपश्चिमबासीलार्ई त ठूलो कुरा हो भने दलित समुदायलाई झनै ठूलो कुरा हो । तर विडम्बना काठमाडौंको चकाचौधमा पत्रकारिता जस्तो सबैले चिन्ने सम्मानित पेशा गर्ने व्यक्तिले यस्तो अकालको मृत्युवरण गर्नु त्यो पनि ’खाउँखाउँ र लाउँलाउँ’ भन्ने कलिलो उमेरमा, पक्कै पनि यसले धेरै प्रश्नहरु उव्जाएको छ ।

उनी जम्मा २६ वर्षका युवा थिए । यो भनेको स्पोर्टिड० उमेर हो, अर्थात शारीरिक तथा मानसिक रुपमा सबैभन्दा कृयाशिल तथा उत्पादनशिल उमेर । यही उमेरमा सबै प्रकारका खेलहरुमा उत्कृष्ट प्रदर्शन गरिन्छ। एलबी विश्वकर्मा अग्रपंक्तिमा खटिने व्यक्ति भएको हुँदा कोभिड विरुद्धको दुई डोज लगाएर पनि तेश्रो डोजको पर्खाईमा हुनुपर्ने थियो । अहिले जुन ओमिक्रोनको चर्चा गरिदैन छ, त्यो अघिल्ला भर्सनको तुलनामा कम घातक भएको अर्थात यसले फोक्सोमा भन्दा बढी घाटीमा असर गर्ने भनिएको छ । उनको अत्यन्त युवामय उमेर भएको कारणले गर्दा रोग प्रतिरोधी क्षमता धेरै हुने नै भयो । यस्तो अवस्थामा उनी होम आइसोलेशनमा बस्नु स्वाभाविक थियो । तर अकस्मात अप्ठेरो परे पछि अस्पताल पुगेर त्यहाँ ६ सय रुपियाँ कम हुँदा सरकारी सिभिल अस्पतालले पाटन अस्पताल पठाईदियो भन्नु आफैमा अपत्यारिलो छ । पहिले पैसा पुरा नतिरेको भनेकोमा अहिले आएर बेडको अभाव भएका कारणले पाटनमा पठाईएको भनेर सिभिल अस्पताल पछिन्न खोज्दैछ । उनका भाई हुन वा मित्र, उनले टिभिमा देखाईएको अन्तरर्वार्तामा अस्पतालले हेलचेक्र्याई गरेको आरोप लगाएका छन् । सोही अस्पतालमा अक्सिजन लेभल ४० पुगेको व्यक्तिलाई पनि भेन्टिलेटरमा राखेर ज्यान बचाँइएको र उनको त अक्सिजन लेभल ६० प्रतिशत ६५ थियो । अत उनले समयमा उपचार पाएको भए ज्यान वाँच्न सक्थ्यो भनेको छन् । जे भनेता पनि उनको ज्यान जानुमा कसै न कसैको लापरबाही एउटा कारण अवश्य हुन सक्छ ।

एलबीप्रति सच्चा श्रद्धान्जली व्यक्त गर्न चाहने कलमजीविहरुले उनी आवद्ध भएको टिभी टुडेबाट पाउनु पर्ने सवै राहत र सुविधान तथा सरकारवाट राहत र पुनस्र्थापनाको लागि पहल, दवाव र आवश्यक परे आन्दोलन पनि गर्नुपर्छ ।

 

जहाँसम्म ६ सय रुपियाँको कमी भन्ने कुरा छ, संसारका जुनसुकै अस्पतालले पनि पैसाको अभावमा जीवन र मृत्युसँग लडिरहेको विरामीको ज्यान जोगाउनबाट पन्छिन् भनेर पत्याउन गाह्रो हुन्छ । किनभने नीजि अस्पतालहरुको पनि सामाजिक उत्तरदायित्व अन्तरगत उनीहरुले च्यारिटी फण्ड बनाएका हुन्छन । सरकारी अस्पतालमा यस्तो नहुने प्रश्न आउँदैन । दुबै मृगौलाले काम गर्न छोडेर लामो समय वीर अस्पतालको क्याविनमा उपचार गराएका स्वर्गीय मनवहादुर विश्वकर्माको मृत्युपछि अस्पताललाई तिर्नप र्ने ठूलो रकम मिनाहा गरेको यो पक्तिकारलाई पनि थाहा छ । जे नहुनु पर्ने त्यो भयो, यसले समस्त पत्रकारिता गर्ने व्यक्तिहरुलाई जति विचलित पारेको छ, दलितको पक्षमा कलम चलाउनेहरुलाई पनि त्यतिकै आहत बनाएको छ । यसले उव्जाएको गम्भिर प्रश्न के हो भने, एउटा युवा कलमजीविले देशको राजधानी जहाँ सयौंका संख्यामा अस्पतालहरु छन उनीहरुले त अकालमा ज्यान गुमाउनु पर्छ भने अन्य आवाजविहिन तथा पहुँच नभएका नेपालीहरुको कथा कस्तो होला  ?उनी टिभि टुडेका वरिष्ठ रिपोर्टर हुन भन्ने जानकारी आएको छ । त्यसको मतलव उनीसँग सो च्यानलले कुनै सम्झौता गरेको होला । सो अन्तर्गत अहिले श्रमजीवि पत्रकारले पाउने न्युनतम २३ हजार सय रुपियाँ तलव पाएकै थिए होला, त्यसमा जुनसुकै कामदारलाई राख्दा उसको सामाजिक सुरक्षा लगायतका वीमा पनि गर्नु पर्ने कानूनी दायित्व रोजगारदाताको हुने गर्दछ । हुनत अहिले नेपालका अन्य क्षेत्र जस्तै संचार क्षेत्र पनि कोभिडका कारणले अति प्रभावित छ । त्यहाँ काम गर्ने कामदारहरुले समयमा तलव पाउनु पनि ठूलो कुरा छ । किनभने समयमा तलव बाँड्ने संचार जगतको आर्थिक मामिला राम्रो छ भन्ने वुझिन्छ । तर ३-४ महिनामा बल्लतल्ल तलव खुवाउने संचार क्षेत्रहरु पहिलेदेखि नै थिए । त्यसमा टिभी टुडे कुनै नाम चलेको संचार क्षेत्र होइन अतः त्यहाँ एलबी जस्ता पत्रकारहरुले समयमा तलव पाउथे भनेर कल्पना गर्न सकिदैन । त्यसले पनि उपचारमा ५-६ हजार जुटाउन पनि उनलाई गार्हो परेको । यदि सो च्यानलले सबै कानूनी प्रकृयाहरु पुरा गरेर उनलाई जागीर दिएको छ भने उनको मृत्युपश्चात पनि वीमा लगायतका सुविधा पाउनु पर्ने देखिन्छ । तर उनी सामान्य ज्यालादारीमा काम गर्थे भने यो सम्भावना पनि रहने देखिदैन ।

पत्रकारहरुको व्यासायिक हित तथा विकासका लागि नेपाल पत्रकार महासंघ नै धेरै पहिले देखि कृयाशिल रहेको छ । पत्रकार महासंघ एलबीको मृत्युमा शोक वक्तव्य निकाल्नुका साथै छानविनको माग गरेको खबर वाहिर आएको छ । तर छानविन गरेर मात्रै उनी फर्केर आउने वाला छैनन, मुख्य कुरा त उनको ५ वर्षे नावालक छोरा तथा श्रीमतिको भविष्य सुनिश्चित गर्नु हो । यस तर्फ खासै पहल भएको देखिदैन । कर्णाली सरकारले कोभिडवाट मृत्यु भएका परिवारलाई रु २ लाख राहत दिने घोषणा गरेकोमा केहीले पाएका छन् । यस्तोमा केन्द्र सरकारले पार्टीका नेता कार्यकर्ताहरुलाई उपचार र राहतमा करोडौं खर्चिएका धेरै उदाहरणहरु छन् त्यस्तोमा उनको परिवारलाई केही न केही व्यवस्था सरकारले गर्न सक्छ वा गर्नुपर्छ ।

दलित पत्रकारहरुको हक हितको क्षेत्रमा काम गर्ने भनेर दुईटा पत्रकार संस्थाहरु एउटा विनोद पहाडी जो सत्तापक्षका पत्रकार पनि हुन र अत्यन्तै जुझारु पत्रकार पवित्रा सुनारको नेतृत्वमा कृयाशिल छन् । विनोद पहाडीले यो मामिलामा के गरेका छन् त्यो जानकारीमा आएको छैन । तर पवित्रा सुनार नेतृत्वको पत्रकार संस्थाले यसका महासचिव विश्वास खड्काथोकीमार्फत  एउटा कोश खडा गर्ने विज्ञप्ती सामाजिक सञ्जालमा राखेका छन् । यसले आफ्नै पहलमा ३१ हजार ५ सय राहतको रुपमा परिवारलाई पठाई सकिएको र अन्य सरोकार राख्ने तथा सहृदयी व्यक्तिहरुलाई सहयोग रकम उसको खातामा हालीदिनु भनि आह्वान गरेको छ । पत्रकारलाई सहयोग गर्ने भनेको पत्रकारहरु नै हुन, त्यसमा पनि दलितलाई सहयोग गर्ने मूल रुपमा दलित नै हुन्छन जो आफैमा धेरै श्रमजीवि हुन्छन, त्यस्ताले कति नै रकम उठाउन सक्छन र ? यस्तो घटना जो सुकैलाई पनि घट्न सक्ने घटना हो, त्यसमा पनि जसले देश र समाजको हितको लागि आवाज उठाउँछ त्यस्तालाई त जोगाउनु तथा राहत दिनु सबैको कर्तव्य हो । एलबी माधव नेपाल समूहको पत्रकार संगठनको सदस्य थिए । माधव नेपालको पार्टी सत्ताधारी पार्टी पनि हो । उनको मृत्युमा दलितका नेता तथा नेपाली कांगे्रसका देउवा निकट नेता मीन विश्वकर्माले पनि श्रद्धान्जलि व्यक्त गरेका छन् । त्यस्तोमा माधव नेपाल पक्षका दलित नेता गणेश विश्वकर्मा तथा देउवा पक्षका नेता मीन विश्वकर्माले आ-आफ्नो पार्टीमार्फत सरकारलाई परिवारको राहत तथा पनस्र्थापनाका लागि पहल गर्नु पर्छ ।

एलबीप्रति सच्चा श्रद्धान्जली व्यक्त गर्न चाहने कलमजीविहरुले उनी आवद्ध भएको टिभी टुडेबाट पाउनु पर्ने सवै राहत र सुविधान तथा सरकारवाट राहत र पुनस्र्थापनाको लागि पहल, दवाव र आवश्यक परे आन्दोलन पनि गर्नुपर्छ । मुलधारको दलित आन्दोलनलाई संचारक्षेत्र मार्फत आमजनसमुदायमा पुर्याउने काम पत्रकारहरुले गर्छन तर उनीहरुप्रति हाम्रो आन्दोलन निरपेक्ष देखिन्छ अर्थात आफुँ तथा आफ्ँनो संगठनले गरेका कामहरुलाई पत्रकारहरुले बाहिर ल्याइदिएनन भने गुनासो गर्ने तर त्यो जगतलाई समस्या पर्दा मौन बस्ने प्रवृत्ति पनि छ । ताली दुई हातले बज्छ अतः आन्दोलनमा लागेका दलित नेताहरुले पनि यस्तो समस्याको बखतमा खुला हृदयले सम्वन्धित निकायलाई दबाब र प्रभाव पार्ने तथा पीडितलाई राहत दिने वा दिलाउने तर्फ कृयाशिल हुनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank