किन अपरिहार्य छ दलित साहित्य ?

रणेन्द्र बराली १४ मंसिर २०७६, शनिबार १७:४६

‘जसले आफ्नो समुदायप्रति र आफ्नो समुदायले समाजमा पु¥याएको योगदानप्रति गर्व गर्न सक्दैन उसले आफ्नो मुक्तिको दाबीलाई सही ढङ्ले परिचालन गर्न सक्दैन’ भन्ने भनाई आत्मसाथ गर्नु मुक्तिकामी जनताको नैतिक दायित्व हो ।
राष्ट्र निर्माणमा ऐतिहासिक योगदान पु¥याउँदै आएको दलित समुदायले राज्यबाट विशेष अधिकार प्राप्त हुनु पर्ने दाबी गर्दछ । विज्ञान सम्मत ढङ्गले रचनात्मक र सिर्जनात्मक कार्य गर्दै सिङ्गो मुलुकलाई अग्रगामी दिशा दिन साहित्यिक एवं सांस्कृति क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएको हुनाले उक्त कर्तब्यबोधका साथ जिम्मेवारी बहन गर्ने दलित साहित्यको उत्तरदायित्व हुन आएको छ ।
समाज विकासको क्रममा अत्यन्तै कठिन परिश्रम गर्दै आएका मानव जातिको एउटा सघन हिस्सा दलित समुदाय भएको हुनाले यसको ऐतिहासिक पाटा पक्ष केलाउन पनि जरुरी छ । आदिकालदेखि कै सिर्जनशील यो समुदायः कला, सीप र श्रमका धनी भएर पनि हजारौं वर्षदेखि जातीय भेदभाव, छुवाछूत, बहिष्करण र बञ्चितीकरण भोग्दै आएका छन् । वर्णाश्रम व्यवस्थाको आधारमा तल्लो श्रेणीमा प्रगलिएका यी दलित समुदायले राष्ट्रिय परिवर्तनको हरेक पहलुमा अमूल्य योगदान पुर्याएको इतिहास साँक्षी छ । जति ठूलो योगदान पु¥याएका भए तापनि यो समुदायलाई आजपरान्त हरेक क्षेत्रमा पछाडि नै पारिएको अवस्था जगजाहेर छ ।

आदिकालदेखि कै सिर्जनशील यो समुदायः कला, सीप र श्रमका धनी भएर पनि हजारौं वर्षदेखि जातीय भेदभाव, छुवाछूत, बहिष्करण र बञ्चितीकरण भोग्दै आएका छन् ।

भौतिक दृष्टिकोणको आधारमा जातीय विभेदका कारण खोज्दा वर्गस्वार्थ परिपूर्तिका लागि वर्ण विभाजन गरेको र त्यसकै विस्तारित रूप जात जाति बनाएर मानिस मानिसबीच छुवाछूत सम्मका विभेद सिर्जना गरेको कुरा समाजसास्त्रीहरूको ठहर छ । जसरी पछाडि पारिनुको यथार्थ कारण स्पष्ट भयो त्यसरिनै भेदभाव मुक्त समाज निर्माणको आवस्यकता महसुस गर्नु र मानव मर्यादित समाज निर्माण हुन सक्दछ भन्ने अठोटका साथ संघर्षरत रहनु आजको युगको माग हो । नेपाली समाजको विद्यमान जातीय असमानजस्यताका कारण सिंगो राष्ट्र निर्माणमा आँच आउने कुराको स्पष्ट भएपछि राजनीतिक एवं सामाजिक रूपले विभिन्न संरचना निर्माण गरी थुप्रै तह र तप्काबाट दलित मुक्तिका लागि संगठित संघर्ष भइरहेको छ । यसै अनुसारको एउटा क्षेत्र हो दलित साहित्य ।
हुनत यतिबेला दलितको पृथक साहित्य हुन्छ र ? भन्ने साहित्यकारहरू पनि छन् । पोखराका मूक्तिनाथ तिमिल्सिनाले २०११ सालमा ‘को अछूत’ नामको उपन्यास लेखेर दलित साहित्यलाई मूर्तता दिए भनेर दिग्गज साहित्यकारहरूको गरेको पैरवीबाट त्यस्ता सहित्यकारका भनाई मिथ्या सवित गरी दिएको छ । उता दलित समुदायकै केही मानिसको मस्तिष्कमा पनि दलित शब्दले यति ठूलो आघात पु¥याएको छ कि, उनीहरूलाई लाग्छ दलित शब्द भनेको आफ्नै निधारमा आफैले लगाएको कालो धब्बा हो । उनीहरूलाई दलित शब्द आन्दोलनको प्रतिक हो भन्ने इतिहास प्रति चासो छैन । मान्छेले आफ्नो पहिचानबाट दलित शब्द हुत्याइदियो भने मानौँ त्यहीँबाट जातीय कलङ्क मेटिएर जान्छ, अनि यो समदुाय स्वतः मुक्त हुन्छ । शब्द फेरेपछि मान्छेको मति फेरिन्छ, सामाजिक संंस्कारै फेरिन्छ र संसारै फेरिन्छ भन्ने लाग्दछ उनीहरूलाई । यसबारे अलग्गै बहस गरौँला ..।
दलित समदुाय, दलित हक, दलित साहित्य, दलित सङ्गठन, दलित एकता, दलित आन्दोलन आदि स्थापित भइसक्यो । नेपालको संविधान २०७२ मा ‘दलितको हक’ धारा ४०, स्थापित नै भएको छ ।

मूलतः यस प्रतिष्ठानको उद्देश्य समाजमा विद्यमान पुरातनवादमा अधारित रुडीगत कुसंस्कारलाई विस्थावित गर्दै यथार्थवादमा आधारित विज्ञान सम्मत सुसंस्कारलाई स्थापित गर्नु हो ।

दलित वा गैर दलित जो सुकैले किन नहोस लेखेर वा साहित्य सिर्जना गरेर जातीय छुदभेदका विरुद्ध वकालत गर्दछन् भने त्यस सिर्जनालाई दलित साहित्य भन्न सकिन्छ । दलित समुदाय भित्रबाट र बाहिरबाट प्रष्फुटित विभिन्न खाले भ्रम चिर्दै स्पष्ट दृष्टिकोणका साथ सामाजिक मुक्तिको मार्ग प्रशस्त  गर्नु दलित साहित्यको दायित्व हो । आफ्नै मौलिक कला, सीप, श्रम, सङ्गीत, संस्कृति, सम्पदा र विभिन्न कालक्रमका साहित्य र सहित्यकारहरुको खोज, अनुसन्धान, विकास, संरक्षण, सम्बद्र्धन, एवं प्रचार प्रसार गर्नुकासाथै सभ्य समाज र उच्च संस्कार निर्माण गर्न सचेतना जगाउँदै जातीय समानता, मानव मर्यादा एवं स्वाभिमानयुक्त समाजको निर्माण गर्ने कार्यमा सिंगो समाजलाई उत्प्रेरित गर्नु पनि दलित सहित्यको परिधि भित्रको विषय हो । राष्ट्र निर्माणमा ऐतिहासिक योगदान पु¥याउदै आएको नाताले यो समुदाय राज्यको हरेक क्षेत्र, निकाय र अंगमा सहभागिताको लागि परोक्ष सरोकार राख्दछ । यसका निम्ति राष्ट्रिय राजनीतिलाई नजिकबाट नियाल्दै सचेत ढंगले हस्तक्षेपकारी भूमिका खेल्ने कार्यमा समेत दलित समुदायलाई रचनात्मक एवं सिर्जनात्मक ढंगले उत्प्रेरणा जगाउने कार्यमा पनि दलित साहित्यको अहम भूमिका रहन्छ ।
आज धर्मान्धताले नेपाली समाजलाई धूममण्डलले सरी ढाकेको छ । अत्याधिक मानिसको मानसपटमा काल्पनिक सोर्गका सपना र नर्कका सन्त्रासले घर गरेको छ । धर्मको नामामा रुडीग्रस्त पुरातन संस्कारले दिमागमा तुवाँलो लगाई दिएको छ । जसका कारण हाम्रो समाजमा अझै पनि जातीय विभेदमा जघन्य अपराधिक घटना दिनोदिन घटिरहेका छन् । राणा शासनको मध्यकाल तिर नै माधवराज जोशी तथा योगमाया जस्ता धार्मिक विद्रोहीहरूले हिन्दू धर्मको आडमा गरिने शोषण र जातीय लिङ्गिय विभेदका विरुद्ध ज्यान समर्पण गरेर संघर्षशील अभियान चलाएका थिए । तर आज आएर त्यहि जर्जर हिन्दू धर्मको आडमा चाडपर्व, विवाह, जन्म, मृत्यु जस्ता हरेक अवस्थामा अनेकन कुरीति, कुसंस्कार, समाजमा ब्याप्त छन् । त्यस्ता पक्षगामी परम्परालाई निरुत्साही पार्दै सुसंस्कारको मार्ग प्रसस्ति गर्नु साहित्यको कर्म हो भने अझै धर्मअन्धताको शिकार भएर विक्षिप्त जुनि विताउन विवस भएको दलित उत्पीडित समुदायलाई सचेत र जागरुक बनाउने विशेष दायित्व दलित साहित्यको रहन्छ ।
सांस्कृति रूपान्तरणको क्षेत्रमा समेत विज्ञानसम्मत ढङ्गले रचनात्मक र सिर्जनात्मक कार्य गर्दै सिङ्गो मुलुकलाई अग्रगामी दिशा दिन साहित्यिक एवं सांस्कृतिक पक्षको महत्वपूर्ण भूमिका रहने हुँदा त्यसको कर्तव्यबोध र दायित्वबोध गरी नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको २०४९ सालमानै स्थापना र सञ्चालन गरिएको पनि जगजाहेर छ ।

मूलतः यस प्रतिष्ठानको उद्देश्य समाजमा विद्यमान पुरातनवादमा अधारित रुडीगत कुसंस्कारलाई विस्थावित गर्दै यथार्थवादमा आधारित विज्ञान सम्मत सुसंस्कारलाई स्थापित गर्नु हो । हिन्दू सामन्ती संरचनामा आधारित वर्णाश्रम व्यवस्थाले समाजलाई विभिन्न जात, जाति, पेशा, धर्म आदिमा विभाजित गरी जनतालाई कमजोर पारेर शोषण एवं शासन टिकाउने बलियो प्रपञ्च रच्यो । उक्त षडयन्त्रको सिकार बनेर युगौँदेखि विक्षिप्त अवस्थामा गुज्रिई रहेका नेपाली दलित समुदायलाई साहित्य र कलाको माध्यमबाट सचेत र शिक्षित पार्दै अधिकार सम्पन्न बनाउनु यस संस्थाको पनि उद्देश्य रहेको छ । समाज विकासको क्रममा रुखका बोक्रा र पात तुनेर हर ढाक्ने तथा ढुङ्गे हतियारले शिकार गरेर पेट भर्ने जङ्गली युगदेखि ओडार युग र पाथचाौर युग हुँदै आजको प्रमाणु र चिप्सले संसार हल्लाउने साइबरयुगमा आइपुग्दासम्म आफ्ना श्रम, सीप, सिर्जना र कलाले सिँगो समाजलाई असिम योगदान गरेको यो समुदायलाई आजपर्यन्त पनि अवर्ण जातको दर्जामा दरिएर दमित भईरहनु परेको छ । तसर्थ दलित समुदायले समाज निर्माणमा दिएको योगदानको महत्व स्थापित गर्नु दलित साहित्यको सरोकारको विषय बनेको छ । यो समुदायको सीप, श्रम, कला, संस्कृति, साहित्य र यसले सृजना गरेका संरचनाको खोज अनुसन्धान र संवर्धन गर्ने लगायतका उद्देश्य पुरा गर्न राज्यको समेत ध्यानाकर्षण गराउने दलित साहित्यको अपरिहार्य भूमिका रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank