कप्तानगञ्ज घटनाको छानबिन गर्न गृहको टोली विराटनगरमा

दलित अनलाइन साउन १२, २०८३

विराटनगर —  सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको हिंसात्मक घटना छानबिन गर्न गृह मन्त्रालयको टोली विराटनगर पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वको समिति सोमबार राति विराटनगर पुगेको हो । थापाको टोलीले राति नै विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो ।

थापा समितिले घटनाबारे विस्तृत अध्ययन सुरु गरिसकेको छ । छानबिन समिति गठनसँगै गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकरी (सीडीओ)लाई फिर्ता बोलाइसकेको छ ।

समितिले कप्तानञ्जसमेत पुगेर घटनास्थलको निरीक्षण गर्नेछ । सोमबार नै थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

सुनसरीको देवानगञ्ज गाउँपालिका– ३, कप्तानगञ्जमा आइतबार राति दुई समूहबीचको विवाद भएको थियो । विवाद बढेपछि हिंसात्मक घटना भएको थियो । र, घटना नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको थियो । त्यसक्रममा एक जनाको मृत्यु भएको छ । उक्त त्यसपछि परिस्थिति भड्किन नदिन स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank