अन्तरजातीय विवाह गरेकी सुनिता अलपत्र ,भैसी गोठमा भयो बास

दलित अनलाईन ६ कार्तिक २०७६, बुधबार ११:४८

सिरहा– पछिल्लो समय सिरहा जिल्लामा जातीय छुवाछूतका घटनाहरु एकपछि अर्को गदै वृद्धि भइरहेका छन् । केही दिन सिरहा नगरपालिका ११ मा भलुवाहिमा छुवाछुतकै कारणले विरेन्द्र महरालाई भोज खान लागेको ठाउँमा विभेद भएको थियो । महरालाई जातीय आधारमा भोजखाने ठाउँमा विभेदको गरेको घटना सेलाउन नपाउँदै कल्याणपुर न.पा.१० बङ्गठियाका अकाश भन्ने बरुण मण्डलसँग प्रेम विवाह गरेकी सिरहाकै सखुवानन्कट्टी ५ महेशवारीकी २२ वर्षीय सुनिता रामले जातीय विभेद भोग्नु परेको छ । चमार जातिभित्र पर्ने रामले छोराले विवाह गरेकी सुनितालाई दलित भएको भन्दै घरमा बस्न नदिएपछि भैंसीको गोठमा बस्न बाध्य भएकी छिन ।
केही दिन पहिले केटा र केटी प्रेम विवाह गरेर उनीहरु दूवै काठमाण्डौं भागेका थिए । दुवै जनालाई फकाएर गोलबजार न.पा.१० को बेतौना पुरयाएका थिए । बेतौनामा फुपुु फुपाजुको घरमा दुई दिन राखेर उनिहरुले बरुणलाई सम्पर्क विहिन बनाएका छन । बरुण त्यहाँबाट गएपछि आफुलाई कुटपिट गरी फुपु फुपाजुले घरबाट निकालेको सुनिता रामले सुनाइन् । अहिले सुनिता राम वरुणकै घरमा रहेको भैंसि गोठमा बस्दै आएकी थिइन ।
सुनिता राम बेतौनाबाट फर्केर म यहि गोठमा बसिरहेकी थिएँ सुनिताले भनिन दुई दिन अघि देवर अरुण मण्डल र सासु रेखादेवी मण्डलले कुटपिट गरेर झोला फालिदिए र गोठबाट निकालिदिए । गुजाराको कुनै माध्यम नभएको भन्दै उनले आफुसँग रहेको सीमित पैसाले गाउँकै चिया पसलमा दिनमा एक छाक खाएर भोक टार्ने गरेको बताइन । “मलाई दलितको छोरी भनेर घरमा पस्न दिएनन्,गोठमा बसेकी थिए, त्यहाँबाट पनि निकाले । ”
प्रेम विवाह गरिसकेकोले सुनिताले जस्तोसुकै दु : ख कष्ट सहेर भएपनि आफु पतिको घरमा जिवन निर्वाह गर्नेे बताईन । उनले भनिन,“ मैले उसैलाई भनेर माईती त्यागेर आँए ,अब म माईत कुन मुख लिएर जाउँ ,‘ बरु म यहाँ नै प्राण त्याग्छु । ”
छोरी गोठमा बस्न बाध्य भएपछि न्याय माग्न इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख हिरा यादव समक्ष पुगेका सुनिताका बुवा झरिलाल महरा पनि न्यायको आशा नपाएपछि निराश भएर फर्किएका छन । उल्टै प्रहहीले बरुणको उमेर नपुगेकोले आफनो तर्फबाट केही गर्न नसक्ने बताएपछि झरिलाल निराश छन । बरुणको परिवारले उनको उमेर १६ बर्षमात्र पुगेको दाबी गर्दै आएको छ । सुनिताले भने पतिको उमेर २० वर्ष कटेको दावी गर्दै आएकी छिन । बरुणको भाई अरुण हाल कक्षा १० मा अध्ययनरत छन । अरुणकै उमेर १६ वर्ष पुगेकाले दाजु बरुणको उमेर २० भन्दा बढी भएको सुनिताको दावी छ ।
संयुक्त दलित मोर्चाका केन्द्रिय संयोजक शिवकुमार महराले तराई मधेशका जिल्लाामा जातीय छुवाछुतकै कारणले दलितहरु सुनिता राम जस्तै कैयैँ मानिसहरु समस्या भोगिरहेको छ । संयोजक शिवकुमार महराले अगाडि भने बिवाह गर्नेवेला विभिन्न प्रलोभन देखाई सुरुमा दलित केटीसँग मोजमस्ती गर्ने ,अनि घरमा जाँदा घरपरिवारले नमान्दा सहरमा डेरा लिई बस्ने र विच्चलितमा पर्ने धेरैरहेको समेत महराले बताए । महराले सुनिताको न्यायको लागि आफुहरु कठिबद्ध भएर लाग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank