‘न्यायालयले संवैधानिक व्यवस्थाअनुसार काम गर्नुपर्छ’

दलित अनलाईन ८ भाद्र २०७५, शुक्रबार १८:३५

भक्तपुर – सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले जस्तोसुकै अवस्था र परिस्थितिमा पनि न्यायालयले संवैधानिक व्यवस्थाअनुसार नै काम गर्ने बताउनु भएको छ ।

नेपाल बार एशोसिएशन भक्तपुर शाखाको आतिथ्यतामा आजबाट भक्तपुरमा शुरु भएको नेपाल बार एशोसिएशनको ४५औँ कार्यकारिणी परिषद् बैठक एवम् वार्षिक साधारणसभामा उहाँले भन्नुभयो, “आकाशै खसे पनि न्याय गर्नुपर्छ, जस्तोसुकै परिस्थितिमा पनि संवैधानिक व्यवस्थाअनुसार न्यायालय अगाडि बढ्नुपर्छ ।”

न्यायालयमा सबैले इमान्दार भएर संविधान र कानूनी निष्ठा राखेर काम गर्नुपर्ने धारणा राख्दै उहाँले नयाँ कानूनी व्यवस्था कार्यान्वयनमा आइसकेको अवस्थामा यसको संस्थागत संरक्षण गरी प्रभावकारी कार्यान्वयन गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

कामु प्रधानन्यायाधीश मिश्रले फौज्दारी तथा देवानी संहितालगायतका ऐनहरुको दस्तावेजको थालनी भइसकेको अवस्थामा यसको संरक्षण र प्रयोग गर्दै संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ कानूनको प्रभावकारी कार्यान्वयन गर्ने कार्यमा कानून व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने भएकाले जवाफदेही र उत्तरदायीरुपमा सक्रिय बन्न व्यवसायीलाई आग्रहसमेत गर्नुभयो ।

कार्यक्रममा पूर्वसभामुख सुवास नेम्वाङले नयाँ कानूनी व्यवस्थालाई कानून व्यवसायीले सूक्ष्म अध्ययन गरी त्यसको प्रभावकारी कार्यान्वयनमा भूमिका निर्वाह गर्र्नुपर्ने आँैल्याउनुभयो । पूर्वसभामुख दमननाथ ढुङ्गानाले संसदीय न्याय परिषद्को विषयलाई संसदीय समितिमा ल्याउन नहुने टिप्पणी गर्नुभयो । कार्यक्रममा महान्यायाधिवक्ता अग्नि खरेलले बारको भूमिका निष्पक्ष र तटस्थ हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका सभापति नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले निष्पक्ष अदालतमाथि सरकारको छायाँ पर्न लागेको भन्दै अदालतको सर्वोच्चतालाई कायम राख्न यसको छवि धमिल्याउन नहुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा विभिन्न वक्ताले न्यायालय र सरकारबीचको दूरी बढ्दै गएको टिप्पणी गर्दै सरकारले न्यायालयमा हस्तक्षेप गर्ने र न्यायालयले सरकारलाई अटेर गर्ने प्रवृत्तिको थालनी हुन दिन नहुने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank