काठमाडौँ — नेपाली कांग्रेसले पारा ओलम्पिक खेलमा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले काश्य पदक हासिल गरेर राष्ट्रकै इज्जत बढाएको भन्दै नगद पुरस्कारसहित सम्मान गरेको छ ।
आइतबार पार्टी कार्यालयमा आयोजित सम्मान कार्यक्रममा सभापति शेरबहादुर देउवाले पलेशालाई नगद ५ लाख पुरस्कारसहित सम्मान गरेका हुन् ।


‘नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको काश्य पदक प्राप्त हुनुले पनि नेपालकै इज्जत बढेको छ। त्यसका लागि भोलिका दिनमा नेपाली खेलाडी अझ बढी उत्साहित हुन्, अझ बढी तपाईंलाई सफलता मिलोस् भन्ने कामना गर्न चाहन्छु,’ पलेशालाई सम्मान गर्दै देउवाले भने।
सो अवसरमा सभापति देउवाले खेलकुद क्षेत्रको विकासका लागि नेपाली कांग्रेस सदैब प्राथमिकताका साथ सहयोग गरिरहेको बताउँदै आगामी दिनमा पनि अझ सशक्त ढंगले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

खेलाडीहरू देशका गहना भएको भन्दै नेपाललाई विश्वलाई चिनाउने कडीको रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्नेमा उनले जोड दिए।


























Leave a Reply