के हो अन्तर्राष्ट्रिय नास्तिक दिवस ?

चन्देश्वर दास १० चैत्र २०७६, सोमबार १७:५७

भारतवर्षको इतिहासमा अनिश्वरवादी दर्शनको प्रणेता : बुद्ध–चार्वाकले कार्ल माक्र्स भदा धेरै पहिले ईसापूर्व नै ईश्वरको अस्तित्वमाथि प्रश्न उठाएका थिए, तर ईश्वरवादीहरुले उनलाई पनि अलौकिक अवतार बनाइदिए ।
कल्पना तथा अन्धविश्वासमा आश्रित मनुष्यमा ईश्वरीय प्रत्ययको भयले अनेकौ प्रकारको समस्या उत्पन्न हुन्छ जसको कारण मनुष्यको उत्थान र विकासभन्दा पनि पतनतर्फ उन्मुख हुन्छ । ईश्वरको प्रत्ययमा विश्वास तथा आस्थाको कारण धेरै किसिमको हानी नोक्सानी हुन्छ ।
१. ईश्वरमाथि विश्वास र आस्था राख्ने व्यक्ति अन्धविश्वासी हुन्छ, उसले सदा सर्वदा ईश्वरलाई जगतको श्रष्टा, पालनकर्ता, संहारक मान्न थाल्छ जो कि वैज्ञानिक दृष्टिले मिथ्या एंव आधारहिन हो ।
२. ईश्वरलाइ मान्ने मनुष्य भाग्यवादी हुन्छ, र उसले स्वयमलाई ईश्वरको कठपुतली मात्र ठान्न थाल्छ । भाग्यलाई मान्ने व्यक्ति निष्क्रिय हुन्छ । त्यो व्यक्ति सधै अवनतिको तर्फ जान्छ किनकि उसले कर्मको स्थानमा भाग्यलाई प्राथमिकता दिन्छ ।
३. ईश्वरलाइ मान्ने व्यक्ति पुनर्जन्म तथा आत्मामा विश्वास गर्न थाल्छ । पुनर्जन्म आत्मामा विश्वास गर्नेहरु वैज्ञानिक दृष्टिकोण राख्दैन । यदि मनुष्यको सामुन्ने कुनै समस्या अथवा दुख आयो भने उसले त्यसको कारण पुर्व जन्मको कर्मको फल मानेर त्यसलाइ सहर्ष स्वीकार गर्छ । उसले कर्मको माध्यमले त्यसलाई समाधान गर्ने प्रयास गर्दैन ।
४. ईश्वरवादी मनुष्यहरुले उनको जीवनको अभाव, गरिबी र दुखलाई ईश्वरको प्रसाद तथा भाग्यको खेल चमत्कार ठानेर स्वीकार गर्छ । कर्मद्वारा त्यसलाई निराकरण गर्ने प्रयास गर्दैन तथा सबै प्रकारको क्रान्ति बाट विमुख हुन्छ ।
५. ईश्वरमा आस्था र विश्वासको कारण अविद्धा तथा अज्ञानको प्रादुर्भाव हुन्छ जो समुल दुखको कारण हो ।

६. ईश्वरलाई मान्नाले मनुष्यमा वैज्ञानिक दृष्टिकोणको ह्रास हुन्छ, जसको कारण मानव जीवनमा पाखण्ड अन्धविश्वास तथा दुखमा वृद्धि हुन्छ ।
७. ईश्वरलाइ मान्नाले नै राजनीतिक व्यवस्थामा तानाशाही तथा अधिनायकवादको प्रादुर्भाव हुन्छ र राजा तथा पुरोहितले आफैलाइ ईश्वरको प्रतिनिधि मान्न थाल्छ यस्तै ईश्वरीय भय देखाएर आफुले गर्ने सबै गल्तीलाई ईश्वरको आदेश भनि जनतालाइ ठग्दछ ।
८. ईश्वरकै नाममा शोषण र अत्याचार हुन्छ, ईश्वरीय व्यवस्थामा पुँजिपति शासकको निकै प्रगति हुन्छ त्यही किसान, मजदूर, सर्वहारा वर्गको शोषण हुन्छ ।

माथिको विवेचनाले स्पष्ट हुन्छ कि ईश्वरको प्रत्यय नै अन्धविश्वासको मुल कारण हो । जसको कारण अन्य अन्धविश्वासको जन्म गरिरहेको हुन्छ । यस्तै अन्धविश्वासको कारण देश विकास लगायत विकासको वाधक हो । जब सम्म यस्ता पाखण्डमा सरकारी प्रतिबन्ध लाग्दैन यो देशमा मुठ्ठीभर बाहुनवादीले यसरी नै देशलाइ बर्बाद गरिरहनेछ ।

९.ईश्वरिय व्यवस्थामा जतिसुकै अन्याय अत्याचार भनेपनि ती सबैलाई ईश्वरको इच्छाले भएको हो भनी सबैको कारण ईश्वरिय आदेश ठानेर शोषित उत्पिडितले प्रतिकार तथा क्रान्ति गर्न सक्दैन यो व्यवस्थाले पाश्विक तथा नारकीय जीवनलाई मलजल गर्छ ।
१०. वेद, पुराण, गीता इत्यादिको अनुसार ईश्वर नै वर्णव्यवस्था तथा जातिवादको श्रष्टा एंवम जनक हो, त्यसकारण आज समाजमा जातिवादको कारण हुने अत्याचार, अन्याय, बलात्कार, शोषण र उत्पिडिन भइरहेको छ ती सबैको उतरदायित्व ईश्वरमै जान्छ ।
११. आज समाजमा भोकमरी गरीबी, स्वास्थ्य सेवाको कारण भोक रोग र प्यासले मरिरहेको छ । ती सबैको उतरदायित्व ईश्वर माथि नै जान्छ । संपुर्ण मानव ईश्वरकै पुत्रपुत्री हो भने उनको कुनै छोराछोरी राजसी सुख(सुविधा भोगिरहेको छ भने कोहि छोराछोरी भोकै मरिरहेको छ यसको पनि उतरदायित्व ईश्वर माथि नै जान्छ ।
१२. ईश्वरलाई मान्नेहरुको नैतिकता, नैतिक मुल्य ईश्वरको भय सम्म मात्र संभव हुन्छ, आफ्नो स्वंयको प्रज्ञाले नैतिकवान हुन सक्दैनन् ।
१३. ईश्वर माथिको विश्वास र आस्था विज्ञानको विकाशको सबैभन्दा ठुलो वाधा हो। जुन समाजमा मनुष्य ईश्वर माथि अधिक विश्वास गर्छ त्यो समाजमा अशिक्षा, भोकमरी, वेरोजगारी वढि देखिन्छ । अज्ञान, अशिक्षा र ईश्वरको निकटको सम्बन्ध रहेको छ ।
१४. जुन समाज र देशमा ईश्वरको भक्ति वढि हुन्छ, त्यो देश र समाजमा धार्मिक पाखण्ड तथा निरर्थक कर्मकाण्ड गर्नेहरु बढि हुन्छ यसैको कारण ईश्वरलाइ प्रशन्न गर्नको लागि पशुवली दिइन्छ तथा कतै नरवली (मानव वलि) पनि दिइन्छ ।
१५. जुन समाजमा ईश्वर माथि अत्यधिक विश्वास गरिन्छ, त्यस समाजमा महिलाको सम्मान कम हुन्छ । यस्तो समाजमा बलात्कार, व्यभिचार फैशन जस्तै स्वीकार गरिएको हुन्छ । यसको मुख्य कारण ईश्वरको अवतार राम, कृष्ण पनि महिला विरोधी थिए । रामले सीता संग गरेको अत्याचार तथा कृष्णले १६ सय गोपनी संग गरेको मस्तिलाइ उनीहरुकै अनुकरण गर्ने गर्छ ।
१६. जुन समाजमा मान्छे ईश्वरवादी हुन्छ, त्यहाँ धर्मकै नाममा यज्ञ, हवनको नाममा केहि ईश्वरको ऐजेन्ट भन्नेहरूले यज्ञको आयोजना गरि लाखौ, करोडौ मान्छेको लागि पुग्ने अनाज खाद्यान्न जलाएर भष्म गरिदिन्छ तर निर्धन, मजदुर, सर्वहारा भोजन बिना प्राण त्यागेको हुन्छ ।
१७. ईश्वरकै कारण विभिन्न मठ मन्दिरमा राष्ट्र भन्दा पनि अकुत सम्पत्ति व्यर्थमा जम्मा गरिएको छ, जब कि सम्पति बिना गरिब असहायहरु असामयिक मृत्युको शिकार भइरहेको हुन्छ ।
१८. अन्धविश्वासको जनक नै ईश्वर हो, यसै अन्धविश्वासको कारण सानोतिनो देवताको जन्म हुन्छ, जसको संख्या ३३ कडोड़ पुगेको छ यिनीहरुमा आस्था पनि मानवीय प्रगतिको अवरोधक हो ।
१९ .वास्तवमा ईश्वर पाखण्डी , पुंजिपति, विकृत तथा दुष्ट व्यक्तिहरुको मस्तिष्कको उपज हो, जसको आडमा शोषण, अन्याय, अत्याचार, उत्पीडन, दमन, बलात्कार, अप्रत्यक्ष रुपमा ठगि चोरी इत्यादि गर्छ ।

२०.ईश्वर केहि धुर्त चलाख मनुष्यको दिमाखको उपज हो जसले असमानतामा आधारित चातुर्वणय वर्णव्यवस्थाको निर्माण गरेर यसलाइ ईश्वरकृत भनेर यसलाइ लागु गरेको छ, ईश्वरकै नाममा यसको सार्थकता सिद्ध गरेर अमानवीय व्यवस्था कायम राख्न सफल भइरहेको छ ।
२१. ईश्वरको आस्थामा पुजा आराधना, होम हवन यज्ञ तिर्थ व्रत सबैभन्दा वढि हुने भारत वर्ष नै हो तर यी देश आज गरीबी भोकमरीको सबैभन्दा वढि शिकार यहिका मनुष्यहरु छ ।
२२. ईश्वरको विश्वासले यति अन्धविश्वास उत्पन्न गरेको छ कि लाखौ मनुष्य आफ्नो रोजी(रोटी त्यागेर, आफ्नो महत्वपूर्ण समय मठ मंदिर तथा त्यसबाट हुने पाखण्डको लागि बोलवंम जस्ता धार्मिक यात्रामा लागेको हुन्छ ।
२२. नेपाल एउटा गरिब मुलुक हो, यहाँं प्रति नागरिकको टाउकोमा सरकारी ऋणको बोझ छ तर यहाँको नागरिक थप कर्जा लिएर देवी देवताको पुजा अर्चना शुभ लाभ इत्यादि को लागि कर्जा लिएर पनि झन् गरीब हुदै गएको हुन्छ ।
२३. ईश्वरिय अन्धविश्वासको कारण मनुष्य यति धेरै अन्धविश्वासी भएको छ कि यहाँको मान्छे कमिला, मुसा, बिरालो, कुकुर, गाई, भैसी , हात्ती, घोड़ा, लगायतको जनावर लाइ पुजा आराधना गर्नु लाइ पुण्यको काम ठान्दछ । यति मात्रै होइन, यहि अन्धविश्वासको कारण घाँंस, पात, रुख, विरुवा, खोला नाला, डाँडा पाखा लाइ पुजा गर्नु शुभकार्य भनिन्छ यतिसम्मकि गाइको गोबर तथा मुत खाएर, पिएर मनुष्य पवित्र हुन्छ भनेर विश्वास गरिन्छ।
२४. यो निरपेक्ष सत्य हो कि नेपालको भविष्य उज्जवल छैन, पाखण्डीहरुको प्रोपोगाण्डा तथा सरकारी सहयोगले मान्छेलाइ यति अन्ध बनाइदिएको छ कि आफ्नो बालबच्चा भोकै नांगो रहन्छ, आर्थिक अभावले शिक्षालय जानबाट वंचित हुन्छ। विभिन्न चांँडपर्व तथा पुजा आजा तिर्थमा वर्षेनी मिहिनेतको कमाई खर्चिन्छ, यो सबैको मुख्य कारण ईश्वरिय भय तथा पंडा पुरोहित द्वारा फैलाईएको भ्रम हो जसको कारण मठ मंदिरमा त्यहि रकमले मोज गरेको हुन्छ ।
माथिको विवेचनाले स्पष्ट हुन्छ कि ईश्वरको प्रत्यय नै अन्धविश्वासको मुल कारण हो । जसको कारण अन्य अन्धविश्वासको जन्म गरिरहेको हुन्छ । यस्तै अन्धविश्वासको कारण देश विकास लगायत विकासको वाधक हो । जब सम्म यस्ता पाखण्डमा सरकारी प्रतिबन्ध लाग्दैन यो देशमा मुठ्ठीभर बाहुनवादीले यसरी नै देशलाइ बर्बाद गरिरहनेछ ।

केहि ज्वलन्त प्रश्न

नेपालमा सबैभन्दा वढि ईश्वरवादी छन् , यिनलाइ आस्था र विश्वास यो छ कि ईश्वर सर्वज्ञ, दयालु, न्यायकारी तथा कण कणमा व्याप्त छ ।

१. यदि ईश्वर सर्वज्ञ, न्यायकारी, दयालु र कण कणमा व्याप्त छ भने महिला माथि हुने दुव्र्यवहार, अत्याचार, बलात्कार, हत्या, घरेलु हिंसा किन हुन्छ ? यसको तात्पर्य यो हो कि यस्ता अन्याय अत्याचार इत्यादि ईश्वरकै सहमतिले भइरहेको छ तथा त्यसमा पनि ईश्वरको सहभागिता छ ।
२. आज दलित, शोषित माथि हुने अत्याचार, अन्याय हत्या हिंसा भइरहेको छ त्यो सब ईश्वरको आदेश अनुसार नै भइरहेको छ यस्ता शोषण दमनमा ईश्वरको पनि हात छ ।
३. आज बलात्कार, सामुहिक बलात्कार गरेर हत्याको घटना दिनानुदिन भइरहेको छ त्यस्ता घटनाको शुत्रधार पनि ईश्वर नै हो किनकि ईश्वर त कण कणमा व्यापक छ ।
४. सरकारी कार्यालय तथा कर्मचारी तन्त्र नै भ्रष्ट छ । न्यायालय देखि मन्त्री सम्मले भ्रष्टाचार गर्छ यसकारण देश गरीबी दंडहिनता वढेको छ यो सब ईश्वरकै मर्जिले भइरहेको छ ।
५. वेश्यालयमा जबरजस्ती महिलाहरुलाइ नै वेश्यावृत्ति गर्न लगाइन्छ, त्यहाँ हजारौंले वेश्यागमन गर्छ। । ईश्वर कण कणमा व्यापक भएपछि यो सबै अपराध तथा कुकर्म ईश्वर पनि सहभागी छ ?
६. चोर, डाकु संग मिलेर ईश्वरले पनि चोरी डकैति गर्छ, रक्सिया, जड्याहा , गंजेडि सबै मिलेर ईश्वरले पनि मदिरापान, गांजा, सुल्फा, अफिम, चरस पनि पिउँछ ?
७. शिक्षा र स्वास्थ्यको क्षेत्रमा असमानता भेदभाव व्यापक छ जसमा ठुलाठुला अधिकृतहरु सहभागी छ के यसमा पनि ईश्वरको सहभागिता छ ?
८. जुवाघर, भटीपसल सबै ईश्वरकै कृपाले चलिरहेको ?
९. आज सबै चीजवस्तुमा व्यापारीको कालोबजारी हावी छ । मिलावटको कारण कयौं मनुष्यले ज्यान गुमाएको छ के यसमा पनि ईश्वरको हात छ ?
१०. मठ मन्दिर धार्मिक समारोहमा तिर्थ यात्रामा कयौं धार्मिक पर्यटकको मृत्यु हुन्छ, के यस्ता मृत्युमा पनि ईश्वर सहभागी हुन्छ ?
११. मठ मन्दिरको बाबा, स्वामीहरु पनि यौंनकाण्ड बलात्कारमा मुछिएको छ जसले मठ मन्दिरमै महिला शोषण गर्छ, त्यो पनि ईश्वरको मर्जीले नै हुन्छ ?

१२. हाम्रो देशमा अधिकाँस मनुष्यको जीवन विभिन्न किसिमको विभेदक कारण पाश्विक बनाइएको छ, छूवाछुत जातिविभेद यो पनि ईश्वरकै मर्जी हो ?
१३.संसारमा पटक पटक अदृश्य जीवाणु (भाइरस) को कारण लाखौं मनुष्यको जीवन समाप्त भएको छ । अहिले पनि विश्व ३ कोरोना नामको भाइरसले आतंकित छ के यो सब उनकै मर्जीले भइरहेको छ ?
माथि उल्लेखित बुदाँहरु वैज्ञानिक दृष्टिकोणले सोच्दा यो यथार्थमा पुग्दा प्रमाणित हुन्छ कि ईश्वरको प्रत्यय काल्पनिक मात्र हो । अस्तित्वको दृष्टिले त्यो शुन्य छ । तसर्थ आज भन्दा २५ वर्ष पहिले नै बुद्ध ले भने प्रत्येक वस्तु र घटनामा तर्क गर । तर्कको कसौटीमा त्यो ठिक छ भने मान् अथवा छाडी देउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank