सरकारले विधायिकी र संसदीय अभ्यासमा प्रहार गर्‍यो : कांग्रेस

दलित अनलाइन बैशाख २३, २०८३

काठमाडौं —  नेपाली कांग्रेसले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसहितका आठ अध्यादेश जारी गर्दा सरकारले विधायिकी अधिकारको गम्भीर उल्लंघन गरेको आरोप लगाएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार बुधबार बसेको दलको बैठकले अध्यादेशहरू जारी गर्दा संसदीय अभ्यास माथि पनि निर्मम प्रहार गरेको ठहर गरेको हो।

सरकारले असल नियतले सुशसान र सेवा प्रवाह सहजताका लागि गरेका प्रावधानहरुमा पार्टीको समर्थन रहेको र रहने जनाउँदै कांग्रेसले सार्वभौम संसदको क्षेत्राधिकार उल्लंघन गर्ने, नागरिकको मौलिक हक कुण्ठित गर्ने, संविधान प्रदत्त अधिकार संकूचित गर्ने र संविधानको भाव विपरित जारी गरिएका प्रावधानहरुको विरुद्धमा संसदमा सशक्त आवाज उठाउने जनाएको छ।

Shivam Cement

त्यस्तै, कांग्रेसले गरिब सुकुम्बासीमाथि अमानवीय दमन गर्दै विना पूर्व तयारी होल्डिङ सेन्टरमा कष्टकर अवस्थामा राखेकोमा राखिएको प्रति पनि दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यसले संविधान प्रदत्त नेपाली नागरिकको आवासको अधिकारलाई कुण्ठित गरेको जनाएको छ। वास्तविक सुकुम्बासीको पहिचान, ससम्मान स्थानान्तरण र मर्यादित पुनस्र्थापनासहितको समस्या समाधानका लागि सरकारसँग माग गरेको छ।

प्रतिनिधिसभा नियमावलीका कतिपय प्रावधानहरू संविधानको मर्म विपरीत र विधिशास्त्रीय दृष्टिकोणले समेत गम्भीर रहेकाले कांग्रेसले जनाएको छ। पार्टी सभापति गगन थापासमेत उपस्थितिमा कांग्रेस संसदीय दलको बैठक बसेको थियो।

बुधबार बिहान मात्रै थापा र उपसभापति विश्वप्रकाश शर्माले नेता पूर्णबहादुर खड्कासँग पार्टीभित्र देखिएका विवाद समाधानका विषयमा छलफल पनि गरेका थिए । थापा र शर्माले खड्कालाई उनकै निवासमा पुगेर भेटेका थिए । यसअघि थापाले नेता शेखर कोइरालालाईसँग पनि भेटेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank