माधव नेपालले भने, मन्त्री कृष्णगोपाल श्रेष्ठले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ

दलित अनलाईन १५ असार २०७८, मंगलवार २३:१८

काठमाडौं — पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जातीय छुवाछूत जस्तो अमानवीय घटनामा देशको मन्त्री त्यसमा पनि कम्यूनिष्ट पार्टीको नेता कृष्णगोपाल श्रेष्ठले देखाएको हर्कतर्ले एक मिनेट पनि सरकारमा र पार्टीमा बस्ने नैतिकता नरहेको बताएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय कमिटीको दोस्रो बैठक (जुममार्फत) सम्बोधन गदै नेता नेपालले मन्त्री श्रेष्ठलाई सरकार र पार्टीमा बस्ने नैतिक आधार नभएको बताएका हुन् ।

नेता नेपालले जातीय छुवाछूत तथा भेदभावजस्तो समस्याको हल गर्न सबैखालका अतिवादमाथि राजनीतिक हस्तक्षेप गर्दै अपराधीहरुमाथि कडा कारबाही गर्नुपर्नेमा कुरामा जोड दिए । सबैभन्दा पछाडि पारिएको दलित समुदायको समस्यालाई केवल दलितको मात्र समस्याका रुपमा नलिई समस्याको हल गर्न सिंगो पार्टी र सरकार लाग्नुपर्नेमा नेता नेपालले बताए । दलितहरुको राजनीति, आर्थिक र सामाजिक समस्यालाई एकसाथ संम्बोधन गर्न १० वर्षको आवधिक योजना बनाउनुपर्ने नेता नेपालले टिप्पणी गरे ।

सबैभन्दा पछाडि पारिएको दलित समुदायको समस्यालाई केवल दलितको मात्र समस्याका रुपमा नलिई समस्याको हल गर्न सिंगो पार्टी र सरकार लाग्नुपर्नेमा नेता नेपालले बताए ।

 

आफू प्रधानमन्त्री हुँदा जनता आवास कार्यक्रम, अन्तरजातीय विवाह प्रोत्साहन कार्यक्रम, दलित छात्रवृति कार्यक्रम, मुक्त हलिया पुनःस्थापना र छुट हलिया तथ्याँक संकलन कार्यक्रमलगायत महत्वपूर्ण कार्यक्रमहरु गरिएको दावी गरे । उनले मुक्ति समाज नेपाल केवल दलितहरुको मात्र संगठन नभई नेकपा एमालेको अभिन्न अंग भएकोले पार्टीका हरेक तहले सोही तहका संगठनहरुलाई पार्टी कामका रुपमा लिने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष गणेश विश्वकर्माले सरकार जातीय छुवाछूतलाई प्रोत्साहन गर्ने व्यक्तिको संरक्षणगर्ने तर्फ लागि परेको विश्लेषण गरे । समाजमा जातीय द्धन्द्धको नाम दिएर सरकारवादी मुद्दा रहेको जातीय विभेदको घटनालाई सरकारले राज्य संरचना लगाएर ठाडो हस्तक्षेप गरेको अध्यक्षको विश्वकर्माको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank