सल्यानकाे कुमाख–७ मा माओवादी केन्द्रको प्यानल नै विजयी

दलित अनलाईन ३१ बैशाख २०७९, शनिबार १२:४६

सल्यान —  सल्यानकाे कुमाख गाउँपालिका–७ को वडा अध्यक्षमा माओवादी केन्द्रका डम्बर शाही विजयी भएका छन्।  शाहीले ६४३ मत लिई विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार एमालेका कवि चन्दले ५९५ मत प्राप्त गरेका छन्।

त्यसैगरी, महिला सदस्य, दलित महिला सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन्। याे वडा– माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीको वडा हो।  कूल मतदाता १९८९ रहेको वडा–मा १३३८ मत खसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank