काठमाडौं– राजधानीको बानेश्वरबाट तीन जना दलित अधिकारर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार बानेश्वरमा आरक्षण बचाउँ अभियानको चरणबद्ध कार्यक्रममा अन्तर्गत पर्चा वितरण गदै गर्दा दलितअधिकारर्मी त्रय दिपक सोनी ,सहेक विश्वकर्मा र राम नेपाली पक्राउ परेका हुन् । उनीहरुलाई तीनकुनेस्थिति प्रहरी वृत्तमा राखिएको छ । लोक सेवा आयोगले समावेशी र समानुपातिक सिद्धान्त विपरित गरेर कर्मचारी भर्नाका लागि विज्ञापन खोलेपछि आन्दोलनमा उत्रिएका दलित अधिकारकर्मीहरु चरणबद्ध आन्दोलनमा छन् ।
Leave a Reply