अदालतबाट मुद्दा हारेको निहुँमा कुटिए पासवान : प्रहरीले जाहेरी लिएन

दलित डेक्स २१ बैशाख २०७७, आईतवार २२:२९

काठमाडौं– जग्गा विवादको मुद्दा अदालतबाट हारेपछि बाबु छोरा मिलेर सर्लाही हरिपुर नगरपालिका वडा २ का शत्रुधन पासवानलाई जातिय रुपमा गाली गलौज गरी कुटपिट गरेका छन् ।
जग्गा विवादको मुद्दा सर्लाही जिल्ला अदालतमा पहिले हारेपछि निषेधाज्ञा मुद्दा पनि हारेपछि स्थानीय सुकेश्वर दास कथबनियाँले छोरालाई लगेर पासवानलाई जातीय रुपमा गाली गलौज गरी कुटपिट गरेका हुन् ।
आफनो घर अगाडि सार्वजनिक सडकमा गाउँको साथी प्रेम लाल साहसँग सामान्य कुराकानी गरिरहेको अवस्थामा सुकेश्वर कथबनियाँ र छोरा विवेक कथबनियाँ एक्कासी आएर विवाद गर्न थाली कुटपिटमा उत्रिएका पीडित शत्रुधन पासवानले बताए ।
आफुलाई विवाद गर्ने निहुँ खोजी विभिन्न अपशब्द प्रयोग गरी गाली गलौज गर्न थालेपछि, मुद्दा त अब सकिसक्यो ,मुद्दाको कुरा लिई किन आफुलाई गाली गलौज गर्नुहुन्छ भन्दा उनीहरुले कुटे । सुकेश्वर कथबनियाँ झन् उग्र हुँदै , ‘तँ तल्लो जातको दुसाध मान्छे, मसँग कुरो नगर” भन्दै सार्वजनिक स्थानमा सार्वजनिक शान्ति समेत भंग हुने गरी अनेक नाना थरीका अपमानजनक अपशब्दहरु प्रयोग गरी गाली बेइजती गरे । ’
बाबु छोरोको कुटाईबाट पासवान घाइते बनेका छन् । गाउँलेहरुले प्रतिकारले आफु जोगिएको पासवानले बताए । आफुलाई कुटपिट गर्ने विरुद्ध इलाका प्रहरी कार्यालय, हरिपुर सर्लाहीमा जाहेरी दरखास्त लिन नमानेको पीडित शत्रुधन पासवानले दलित अलनाईनसँग बताए । ‘इलाका प्रहरी कार्यालयक इन्स्पेक्टर विक्रम साहले जाहेरी दरखास्त ठिक नभएको भन्दै गाली वेइजती कसुर सम्वन्धी मुद्धासँग मेल खाने भन्दै जाहेरी लिन मानेन् ,पासवानले भने,‘ ठाडो निवेदन दिनु भनी पठाए , जनप्रतिनीधि उपमेयर र वडा अध्यक्ष दुवैले मेरो निर्णय मानेको खण्डमा म मिलाई दिन्छु भन्छन् ।’

शनिवार भएको घटनाको आइतबार इलाका प्रहरी कार्यालय, हरिपुर सर्लाहीमा पीडित सहित दलित अधिकारकर्मीहरु पुगेका थिए । दलित अधिकारकर्मी मनोज पासवानका अनुसार जातीय छुवाछूतको आधारमा जाहेरी दर्ता गर्न इलाका प्रहरी कार्यालयले नमानेका कारण जाहेरी दर्ता नगरी फर्केका थिए ।
तर इलाका प्रहरी जातीय छुवाछूत विरुद्धको मुद्दा दर्ता गर्न इन्कार गरेको हो । इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर विक्रम साहले जातीय छुवाछूतको निहुँमा भन्दा पनि घटना जग्गा विवादमा घटना भएको हुनसक्ने भन्दै ठाडो उजुरीको आधारमा पनि अनुसन्धान गर्न सकिने इलाका प्रहरी कार्यालयका सर्लाही हरिपुरका इन्स्पेक्टर विक्रम साहले बताए ।‘जग्गा विवादले घटना घटेको हो, जातीय विभेद भएको होइन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank