बाडभञ्ज्याङमा बिसे नगर्चीको शालिक निर्माण

दलित अनलाईन १९ चैत्र २०७८, शनिबार २०:२३

काठमाडौं — चन्द्रागिरि नगरपालिकाको बाडभञ्ज्याङमा बिसे नगर्चीको शालिक निर्माण गरिएको छ ।  बिसे नगर्ची स्मृति वाटिका निर्माण समितिले नगर्चीको पूर्ण कदको शालिक निर्माण गरी आज अनावरण गरेको हो ।

विसं १७४६ मा जन्मिएका नगर्चीले राज्य एकीकरणका क्रममा राष्ट्रमा आर्थिक सङ्कट परेको समयमा राजा पृथ्वीनारायण शाहलाई एक रुपैयाँको ढ्याक दिई गोरखाका १२ हजार घरधुरीबाट एक-एक रुपैयाँ उठाउन सुझाव दिएका थिए ।

नगर्चीले पृथ्वीनारायण शाहलाई कासीमा हतियार किन्न जाँदा श्रीहर्षसँगै लिएर जान र कालु पाँडेलाई राज्यको मूल काजी बनाउन सुझाव दिएका थिए । प्रतिनिधिसभाका सांसद अञ्जना विसंखेले बिसे नगर्ची कुनै एउटा समुदायको मात्र नभएर सिङ्गो राष्ट्रको व्यक्ति भएकाले राज्यले सम्मान गर्नुपर्नेमा जोड दिइन् ।

समितिका अध्यक्ष दिनेश परियारले बिसे नगर्चीलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरे ।  करिब रु ६० लाखको लागतमा शालिक निर्माणसँगै बाटिका निर्माण गरिएको हो ।

 

को हुन् बिसे नगर्ची ?

बि.सं. १७७५ सालमा गोरखामा जन्मेका बिसे नगर्ची आर्थिक जोहो गराउन राजा पृथ्वी नारायण शाहलाई सल्लाह दिने व्यक्ति थिए । गोरखा दरवारमा नगर्चीको काम गर्ने उनले नेपाल एकीकरणका लागि आवश्यक खर्च जुटाउने विषयमा राजालाई उपयुक्त सल्लाह दिएका थिए ।

उनी पृथ्वीनारायण शाहका बुवा नरभुपल शाहको पालादेखि नै उनी गोरखा दरवारमा नगर्चीको रुपमा काम गर्थे । पृथ्वीनारायण शाहले आफू २१ बर्षको हुदाँ नेपाल एकीकरणको योजना बनाएर नगर्चीसँग केही सल्लाह लिन उनलाई दरबार बोलाए ।

राज्य एकीकरणका लागि युद्ध लड्न आवश्यक हतियार किन्न पैसाको जोहो कसरी गर्ने भनेर उनीसँग सल्लाह मागे । नगर्चीले एक रुपैयाँको सिक्काराजालाई दिए । हतियार खरिदका लागि ठूलो रकम चाहिनेमा एक रुपैया दिएर अपमान गरेको भन्दै पृथ्वीनारायण शाह रिसाए ।

तर नगर्चीले गोरखा जिल्लाभर रहेको १२ सय घरधुरीबाट प्रति घर एक रुपैयाँ संकलन गरे १२ सय हुने र हतियार किन्न पुग्ने सल्लाह दिए ।
नगर्चीको सल्लाह अनुसार पृथ्वीनारायणले पैसा संकलन गरे र बनारस बाट हतियार किनेर ल्याएको किंवदन्ती छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank