शिक्षामन्त्रीलाई कारबाही गर्नुपर्छ : छविलाल विश्वकर्मा

दलित अनलाईन १३ असार २०७८, आईतवार ११:५२

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुपक्षीय बोलाएको स्थायी समिति बैठकमा जातीय छुवाछूतलाई संरक्षण गर्ने शिक्षामन्त्रीको विषयमा कुरा उठाइने बताइएको छ ।

नेकपा एमालेको स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा बैठकमा विरामी भएका कारण उपस्थिति हुन नसके पनि पार्टी निकट संगठनले कारबाहीको माग गरेको कुरालाई बैठकमा शिक्षामन्त्रीको विषयमा कुरा उठाइने बताएको हो ।

स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा दलित अनलाईन डटकमसँग कुराकानी गदै भने, ‘सञ्चारकर्मी रुपा सुनारमाथि डेरा भाडामा लिने क्रममा घरबेटी सरस्वती प्रधानबाट भएको छुवाछुत– विभेदको घटनाविरुद्ध न्यायका लागि गरेको उजुरीमाथि अनुसन्धान भइरहेको समय राज्यको जिम्मेवार ओहोदावाला भएर जातीय विभेदलाई प्रश्रय दिनु कानुनी र नैतिक दुवै दृष्टिले गलत भएको छ ।’

मन्त्री श्रेष्ठले प्रहरी हिरासतमा रहेकी प्रधानलाई जबरजस्ती थुनामुक्त गरी आफ्नै गाडीमा लिएर गएको भन्दै आफ्नो पाटीको भातृसंगठन मुक्ति समाजले समेत कारबाही माग गरेको भन्दै नेता विश्वकर्माले संविधान अनुरुप कारबाही हुनु पर्ने बताए ।

म जस्तै अन्य स्थायी कमिटी सदस्यहरु पार्टीमा हुनुहुन्छ, उहाँहरुको पनि दायित्वबोध हुनुपर्छ कि जातीय छुवाछुको मुद्दामा कुनै कम्प्रमाईज गर्ने सकिदैनन् उनले भने, ‘यो सर्वत्र विरोध भएको कुरालाई हामीले मुख लुकाउनुपर्ने कुनै कारण छैन, कारबाही हुन्छ ।’

‘म जस्तै अन्य स्थायी कमिटी सदस्यहरु पार्टीमा हुनुहुन्छ, उहाँहरुको पनि दायित्वबोध हुनुपर्छ कि जातीय छुवाछुको मुद्दामा कुनै कम्प्रमाईज गर्ने सकिदैनन् उनले भने, ‘यो सर्वत्र विरोध भएको कुरालाई हामीले मुख लुकाउनुपर्ने कुनै कारण छैन, कारबाही हुन्छ ।’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई तत्काल पदबाट बर्खास्त गर्न गरी कारबाही गर्ने सत्तापक्ष भ्रातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले सरकारसँग केही दिन अघि मात्र गरेको थियो ।

सञ्चारकर्मी रुपा सुनारमाथि राजधानी काठमाडौंमा डेरा भाडामा लिने क्रममा घरबेटी सरस्वती प्रधानबाट भएको छुवाछुत– विभेदको घटनाविरुद्ध न्यायका लागि गरेको उजुरीमाथि अनुसन्धान भइरहेको समय मन्त्री श्रेष्ठले प्रहरी हिरासतमा रहेकी प्रधानलाई जबरजस्ती थुनामुक्त गरी आफ्नै गाडीमा लिएर गएको भन्दै मुक्ति समाजले तत्काल पदबाट बर्खास्त गरी कारबाही गर्ने सरकारसँग माग गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank