उत्पीडित जातिको मुक्ति अझै हुन सक्दैनन

दलित अनलाईन ६ आश्विन २०७५, शनिबार २२:५४

बनेपा – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)ले नेपालमा उत्पीडित जातिको मुक्ति अझै हुन नसकेको बताएका छन् ।
अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको दोस्रो राष्ट्रिय भेलालाई आज काभ्रेपलाञ्चोकको बनेपामा उद्घघटन गदै उनले भने, ‘सबै वर्गको मुक्तिका लागि अझ संघर्ष गर्नुपर्ने आवश्यकता छ ।’
नेता वैद्यले आन्तरिक राष्ट्रियता भनेको नै सबै उत्पीडित जाति र समुदायको मुक्ति हो भन्दै बाह्य राष्ट्रियताको मुद्दा निकै पेचिलो बन्दै गएको अवस्थामा अहिलेको सरकारले लिएकोे समृद्धिको नारा पूरा गर्न कठिन हुने बताए ।
देशमा अझै गरिबी, अन्याय, अत्याचार, भ्रष्टाचार र अशिक्षा रहेकाले समृद्धि सम्भव नहुने बताउँदै उनले त्यसको अन्त्यका लागि सरकारले प्रभावकारी योजना बनाएर त्यसको कार्यान्वयनमा विशेष जोड दिनुपर्छ जिकिर गरे ।
अखिल नेपाल महिला सङ्घका केन्द्रीय सदस्य लक्ष्मी मुठवारीले महिला, जनजाति र उत्पीडित वर्ग एंव समुदायको सशक्तिकरण र न्यायका लागि राज्य गम्भीर हुनुपर्नेमा जोड दिए ।
अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय संयोजक फुर्नाम्गेल मोक्तानको अध्यक्षतामा भएको सो सम्मेलनमा १५ जिल्लाका प्रतिनिधि र पर्यवेक्षकको सहभागीता रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank