मन्त्रिपरिषद् बैठकका सात निर्णय

दलित अनलाइन भदौ १८, २०८३

काठमाडौं —   मन्त्रिपरिषदको बिहीबारको बैठकका विभिन्न निर्णयहरु सार्वजनिक भएका छन्। बैठकले भदौ २२ गते राष्ट्रिय शोक मनाउने, भदौ २३ गतेलाई ‘जेन्जी सहिद दिवस’का रुपमा बिदा दिने लगायतका निर्णय गरेको छ।

सात निर्णयहरु यस्ता छन्
१. एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित जनताको जीवन रक्षा, तत्कालीन आपतकालिन उद्धार तथा राहतका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने,

२. रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सूचारु गर्न ‘एकीकृत व्यावसायिक पुनस्र्थापन योजना’ अन्तर्गत राहत, कर तथा महसुल छुट लगायत अन्य सहुलियत तथा सुविधा प्रदान गर्ने,

३. साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत कुल २५ हजार मेट्रिक टन चिनी एक प्रतिशत भन्सार महसुल लिई आयात गर्न स्वीकृति प्रदान गर्ने,

४. रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निःशुल्क औषधी उपचार तथा मृत्यु भएमा निजको परिवारलाई प्रति मृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने,

५. विसं २०८३ भदौ २३ गते ‘जेन्जी शहीद दिवस’को अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने,

६. २०८३ साल भदौ १० गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरुको सम्मान स्वरुप घटना भएको १३औं दिनको पुण्यतिथि अर्थात् २०८३ भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दुतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने,

७. नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा नारायण प्रसाद भट्टलाई बढुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा पदस्थापन गर्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank