बजेटको लक्ष्य, ८७.३८ प्रतिशत मात्र खर्च हुने अनुमान

दलित अनलाईन २९ माघ २०८०, सोमबार २०:३३

काठमाडौं — सरकारले अर्धवार्षिक समीक्षामार्फत चालु आर्थिक वर्षको बजेटको लक्ष्य घटाएको छ ।

सिंहदरबारमा सोमबार चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षमा कुल खर्चको ८७.३८ प्रतिशत मात्र खर्च हुने अनुमान गरिएको जानकारी दिए ।

सरकारले चालु आवका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको थियो । तर, अर्धवार्षिक समीक्षामार्फत सरकारले अब १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ । जुन कुल विनियोजनको ८७.३८ प्रतिशत हो ।

अर्थमन्त्री महतले लक्ष्यअनुरूप आम्दानी हुने अवस्था नदेखिएको बताउँदै मन्त्री महतले बजेटको आकार घटाउनु परेको जिकिर गरे ।

उनले समग्र अर्थतन्त्रको सूचक सकारात्मक हुँदै गएको तर पर्याप्त नभएको बताए । बैंकिङ तरलतामा सुधार, वैदेशिक लगानीको प्रतिबद्धतामा वृद्धि, पर्यटन क्षेत्रमा वृद्धि भएको, कर्जा ४ प्रतिशतले वृद्धि भएको उनले बताए । राजस्व परिचालनको क्षेत्रमा अनुमानित तुलनामा ७७ दशमलव १४ प्रतिशत रहेको उनले जानकारी दिए ।

अर्थमन्त्री महतले राजस्व वृद्धि दर ९ दशमलव ३७ रहेको बताए । महतले विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडिए) ले नेपालमा सम्मेलन गर्न लागेको र सम्मेलनमा विश्व बैंकका अध्यक्षसहित ९२ देशका प्रतिनिधि नेपाल आउने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank