सांसद मीन विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने मन्त्रिपरिषद्को निर्णय

दलित अनलाईन ४ मंसिर २०७७, बिहीबार ०६:४७

काठमाडौँ — कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित कांग्रेस सांसद मीनबहादुर विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले विश्वकर्माको उपचार खर्च बेहोर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

कोरोना भाइरसबाट संक्रमित सांसद विश्वकर्माको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । श्वासप्रश्‍वासमा समस्या देखिएपछि उनलाई सुरुमा वीर अस्पताल भर्ना गरिएको थियो । कात्तिक ८ गते वीर अस्पताल भर्ना भएका उनमा कोरोना संक्रमण देखिएको थियो भने अवस्था बिग्रिन लागेको थियो । त्यसपछि उनलाई कात्तिक १२ गते ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । जहाँ उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

विश्वकर्मालाई थप उपचारका लागि विदेश लैजान प्रमुख प्रतिपक्षी कांग्रेसले आग्रह गरेको थियो । तर, कोरोना संक्रमित भएको र भेन्टिलेटरमा राखेर उपचार गराइरहेको भन्दै नेपालमा नै उपचार भइरहेको हो । उनलाई ६ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । पछिल्लो समय उनको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ ।

मन्त्रिपरिषद्ले सांसद विश्वकर्माको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मा को भनाइ थियो । उहाँको उपचार भइरहेको छ । यसबारे पहिला नै जानकारी दिइएको थियो तर आजको मन्त्रिपरिषद्को बैठकले औपचारिक रूपमा कांग्रेस सांसद विश्वकर्माको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको हो, मन्त्री विश्वकर्माले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank