पाकिस्तानमा सम्पर्कविहीन भएका नेपाली आरोहीहरूको खोजी जारी, नेपालबाट टोली जाने तयारी

दलित अनलाइन साउन १५, २०८३

काठमाडौँ — पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूमध्ये ६ जना नेपाली रहेको पर्यटन विभागले जनाएको छ।

विभागले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार पुरबहादुर गुरुङ, केलीपेम्बा शेर्पा, निमा शेर्पा, नवाङतेन्दु शेर्पा, ग्यालु शेर्पा र निर्मल पुर्जालगायत वेपत्ता भएका छन्।

बेपत्ता आरोहीहरूको खोज तथा उद्धारका लागि पाकिस्तान सेनाले दुईवटा उद्धार हेलिकोप्टर परिचालन गरेको छ। पाकिस्तानको अल्पाइन क्लबका अनुसार उद्धारकर्मी र विशेष उपकरण बोकेका हेलिकोप्टरहरू उच्च हिमाली क्षेत्रमा जारी खोज तथा उद्धार अभियानमा सहयोग गर्न पठाइएको हो।

ब्रड पिक हिमालमा हिमपहिरो जाँदा पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन भएका हुन् । पाकिस्तानी पर्वतारोहण अधिकारीहरूका अनुसार बिहीबार दिउँसो हिमपहिरो गएको हो। त्यसयता टोलीसँग कुनै सम्पर्क हुन सकेको छैन । टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र नेपालीहरु छन्।

नेपालका सांसद मिङ्मा ग्याबु शेर्पाका अनुसार उनीहरूको खोजी कार्य जारी छ र नेपालबाट पनि टोली त्यतातर्फ जाने तयारी भइरहेको छ। ‘हामी निरन्तर अपडेट लिइरहेका छौं। थप जानकारी आएको छैन। नेपालबाट पनि हेलिकोप्टर लिएर हामी त्यता जाने तयारी गरिरहेका छौं,’ शेर्पाले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank