गुल्मीमा पहिलो पटक अदालतको फैसला : जातीय विभेद गर्नेलाई जेल सजाय

दलित अनलाईन २६ भाद्र २०७७, शुक्रबार १५:०२

गुल्मी— अविरल वर्षाको कारण ओत लाग्न घरभित्र पसेको निहुँमा जातीय विभेद गर्ने नेत्रबहादुर काउछा मगरलाई छुवाछुत तथा जातीय विभेद गरेको निहुँमा जिल्ला अदालत गुल्मीबाट पीडकलाई ३ महिना जेल सजायको फैसला सुनाएको छ ।
जातीय छुवाछुत सम्बन्धीत जिल्ला अदालतबाट गरिएको यो पहिलो फैसला हो । काउछा मगरलाई छुवाछुत तथा जातीय विभेद गरेबापत् न्यायाधीश राधाकृष्ण उप्रेतिको ईजालासले ३ महिना जेल सजायको फैसला गरेको हो ।
काउछा मगरले गत जेठ २३ गते दिउँसो मलामी गएर फर्किने क्रममा अविरल वर्षा भएको बेला उनको घरमा ओत लाग्न पुगेका स्थानीय श्याम नेपाली परियारलाई घरभित्र पसेको आरोप लगाउदै पञ्चायती शैलीमा गाउँमै कारवाही गरिएको थियोे । मगरले आफ्ना दाजुभाईको हुल्जथ्था जुटाई बलपूर्वक परियारलाई लछारपछार गर्दै बाहुन बोलाएर घर चोख्याउनका लागि भन्दै १५ सय जरिवाना तिर्न लगाएका थिए ।

जातीय छुवाछुत सम्बन्धीत जिल्ला अदालतबाट गरिएको यो पहिलो फैसला हो । काउछा मगरलाई छुवाछुत तथा जातीय विभेद गरेबापत् न्यायाधीश राधाकृष्ण उप्रेतिको ईजालासले ३ महिना जेल सजायको फैसला गरेको हो ।

श्याम नेपालीमाथि भएको जातीय विभेदको तथा छुवाछुतको घटना दलित अनलाइन डटकममा समाचार प्रकाशित भए लगतै स्थानीयदेखि केन्द्रसम्मका दलित अधिकारकर्मीहरु न्यायको पक्षमा एकजुट भएका थिए । उनीहरुले पीडकविरुद्ध नेपालीलाई अदालतमा जतीय विभेद तथा छुवाछुतको मुद्दा हाल्न लगाएका थिए ।

सोही अनुरुप चलिरहेको बहसका क्रममा प्रहरी हिरासतमा रहेका काउछालाई ६० हजार रुपैयाँ धरौटीमा छाडिएको थियो । यसबारे फैसला गर्दै न्यायाधीश उप्रेतीले मगरलाई ३ महिना कैद सजाय, ५० हजार जरिवाना र १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका मेलमिलापकर्ता गणेश विश्वकर्माले जानकारी दिए ।
जिल्लाका अगुवा दलित अधिकारकर्मीसमेत रहेका विश्वकर्माले जिल्लामा जातीय विभेद विरुद्धको मुद्दामा जेल सजायको फैसला सुनाइएको यो पहिलो घटना भएको बताए । काउछाले आगामी ३५ दिनभित्र पुनरावेदन गर्ने मौका पाउने छन् । त्यस अवधि नाघे लगतै उनलाई पक्रेर जेल चलान गरिने अदालतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank