समाचार प्रभाव : बल्ल आयो डिएपी मल

दलित अनलाईन १६ कार्तिक २०७७, आईतवार १३:५१

डोटी ।  धान काटेर गहुँ छर्ने बेला भइसक्दासमेत जिल्लामा मल नपाउँदा किसान चिन्तित भइरहेको बेला जिल्लामा बल्ल डिएपी मल आएको छ । मल नहुँदा किसान चिन्तित भन्ने समाचार प्रकाशित भएपछि कृषि सामग्री कम्पनी लिमिटेडले यहाँका एग्रोभेटका व्यापारीमार्फत बिक्रीका लाागि मल पठाएको हो ।

डिएपी मल आएसँगै यहाँका किसानको मल किन्नका लागि पसलमा भीड लाग्न थालेको छ । जिल्लाको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा रहेको साजन एग्रोभेट तथा शाही एग्रोभेटले डिएपी मल ल्याएका हुन् । ती व्यापारीहरुले कम्तीमा पनि दुई/दुई टन डिएपी मल ल्याएपछि अहिले मलका लागि किसानको भीड लाग्ने गरेको स्थानीयवासी हर्कहबहादुर बमले बताए ।
उहाँले भने, “जिल्लामा कम्तीमा पनि २५ टन मल आवश्यक पर्छ, अहिले व्यापारीले चार टन मल ल्याएपछि केही राहत भएको छ ।” कैलालीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडबाट यहाँका व्यापारीले मल ल्याएका हुन् ।

प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले कम्पनीमा मल पठाउनका लागि आग्रह गरेपछि बल्ल जिल्लामा मल आएको हो । डिएपी मल आए पनि युरिया मल भने अहिलेसम्म आउन सकेको छैन । कृषि सामग्री कम्पनी लिमिटेडमा युरिया मल नभएका कारण पठाउन नसकिएको कम्पनीले जनाएको छ । भारतबाट नै मल नआएका कारण यहाँका जिल्लामा मल पठाउन नसकिएको कम्पनीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank