सोलुखुम्बुमा जीप दुर्घटना, सात जनाको मृत्यु

दलित अनलाईन १५ असार २०७५, शुक्रबार ०४:१०

सोलुखुम्बु- सोलुखुम्बुमा शुक्रबार बिहान जीप दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ।

एकजना घाइते भएका छन्। काठमाडौंतर्फ आउँदै गरेको को १ ज १८६० नम्बरको जीप बिहान ८ बजे बरडाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु भएका सातै जनाको अहिलेसम्म नाम ठेगाना खुलेको छैन। जीपमा आठ जना सवार रहेको बताइएको छ।

घटनास्थलमा प्रहरी पुग्दै गरेकाले विस्तृत विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank