गणेश नेपालीको मृत्यु ‘राज्यले गरेको हत्या’ : प्रमुख सचेतक महर

दलित अनलाइन असार २६, २०८३

काठमाडौं — नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले राहदानी विभाग अगाडि आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युलाई ‘राज्यले गरेको हत्या’ को संज्ञा दिएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले २५ वर्षीय गणेश नेपालीको मृत्युलाई ‘राज्यले गरेको हत्या’ को संज्ञा दिएका हुन् ।

गृहमन्त्री र सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै महरले सरकार स्टन्टमा मात्र केन्द्रित भएको आरोप लगाए । ‘स्टन्ट गर्ने बानी सरकारले छोड्नुपर्छ । राज्यले नागरिकलाई आत्मदाह गर्ने ठाउँमा पुर्‍याएको छ,’ महरले भने, ‘सुकुमबासी हुन् वा गणेश नेपाली, नागरिकहरूलाई जबर्जस्ती मृत्युको मुखमा धकेल्ने काम राज्यले गरिरहेको छ । यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank