यसरी लाग्यो दलित छात्राबास कब्जा गर्ने एनजिओको कार्यालयमा तालाबन्दी !

दलित अनलाईन २२ असार २०७५, शुक्रबार १०:१९

काठमाडौं – अध्ययनका लागि काठमाडौंमा आउने दलित विद्यार्थीका बसोबासका लागि स्थापना गरिएको समाज विकास छात्राबासमा एक एनजिओले कब्जा गरेपछि उक्त एनजिओको कार्यालयमा दलित विद्यार्थीले तालाबन्दी गरिदिएका छन् ।

ललितपुरको पुल्चोकमा रहेको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको कार्यालयमा दलित विद्यार्थीले शुक्रबार तालाबन्दी गरिदिएका हुन् ।
नेपाल सरकारको शिक्षा मन्त्रालय मातहत रहेको काठमाडौंको विजेश्वरी स्थित समाज विकास छात्राबासमा उक्त एनजिओले कब्जा गरी आफ्नो नयाँ वार्डेन नियुक्त गरी पुराना वार्डेन राम नेपालीलाई प्रहरी लगाएर पक्राउ गरेको थियो ।

एनजिओले छात्रावास सञ्चालक समिति निर्माण गरी कब्जा गरेको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank