भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

दलित अनलाईन १२ पुष २०८१, शुक्रबार १०:०३

काठमाडौँ —  भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । बिहीबार राति ९२ वर्षको उमेरमा सिंहको निधन भएको हो ।

बिहीबार अचानक स्वास्थ्य बिग्रिएपछि सिंहलाई दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो ।  एम्स अस्पतालले सिंहको निधन भएको पुष्टि गर्दै विज्ञप्ति जारी गरेको हो ।

अचानक बेहोस भएर बिहीबार राति ८ बजेर ६ मिनेट जाँदा इमरजेन्सीमा भर्ना गरिएका सिंहको ९ बजेर ५१ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

पूर्वप्रधानमन्त्री सिंहलाई अस्पताल भर्ना गरिएलगत्तै कर्नाटकको बेलगावीमा जारी कांग्रेस कार्यसमिति बैठक रद्द गरिएको थियो । साथै पुस २७ गते गरिने भनिएको सबै कार्यक्रमहरु रद्द गरिएको छ । कांग्रेस आईका नेता राहुल गान्धी र सो पार्टीका अध्यक्ष मल्लिकार्जुन खर्गे बेलगावीबाट दिल्ली प्रस्थान गरेका छन् ।

सिंहको जन्म १९३२ सेप्टेम्बर २६ मा भारतको पञ्जाबमा (अहिले पाकिस्तान) भएको थियो । त्यसबेला भारत र पाकिस्तान छुट्टिएका थिएनन् । सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री थिए । त्यसअघि उनी अर्थमन्त्री समेत भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank