काठमाडौं— विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ।
ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालको भेन्टिलेटरमा पाँच दिनदेखि उपचार गराइरहेका थापाको मंगलबार निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे जानकारी दिए।
लामो समयदेखि भेन्टिलेटरमा राखेर उपचार गर्दासमेत उनको स्वास्थ्यमा सुधार आएको थिएन। कोरोना संक्रमण पुष्टि भएपछि करिब दुई हप्तादेखि उनको उपचार भइराखेको थियो।
कोरोना भाइरस ( कोभिड -१९ ) संक्रमण पुष्टि भएपछि ह्याम्स, ग्रान्डी अस्पतालमा उपचार गराएका थिए। दुवै अस्पतालमा उपचार असम्भव भएपछि थापाको पाँच दिनदेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार भइराखेको थियो।
मेडिसिटि अस्पतालमा भेन्टिलेटर र इक्मोको साहायताले उपचारको प्रयास भएको थियो। थापालाई नेपालको वैकल्पिक राजनीतिका अगुवा मानिन्छ।
पाण्डेका अनुसार अन्तिम पटक गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आए पनि संक्रामक रोगको समयमा उनको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएकाले त्यहाँ सहभागी नहुन आग्रह गरेका छन् ।
‘उज्वल थापा हामीबिच रहनुभएन १ हाम्रा छोरा, श्रीमान्, दाइ, भान्जा, मित्र, काका, ठूलो बुबा, नाति, मामा, हजूरबुबा, ज्वाइँ, भिनाजु, विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, हाम्रा प्रिय उज्वल बहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद ( २०७८ साल जेठ १८ गते, अपराह्न ४स्२५ बजे) हामीबिच रहनु भएन,’ पाण्डेले भने ।
थापाले नेपालको राजनीतिक प्रणाली सुधार गर्न गरेको हस्तक्षेप र युवालाई राजनीतिको मुलधारमा समावेश गर्न दिएको उत्पेरणालाई सम्झनुपर्ने पाण्डेले बताएका छन् । पाण्डेले भने, ‘ प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरूस नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेपहरुस युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ १ उज्वल थापा व्यक्ति मात्र नभई, एउटा दर्शन र विचार पनि हो र सोहीमा उहाँ जीवन्त रहनु हुनेछ भन्ने हाम्रो अनुभूति हो ।
नेता थापाले देखेका सपना पूरा गरेर हरेक नेपालीको मुहारमा खुसी ल्याउन आफूहरु दृढ संकल्पित भएको उनको भनाइ छ । ‘उनले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन हामी सबै दृढ संकल्पित छौँ’, पाण्डेले भने ।’
उनको उपचारमा उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै पाण्डेले विषम परिस्थितिमा धैर्य धारण गरी संयमताका साथ साथ, सहयोग गर्ने र अनवरत प्रार्थना गर्ने आफन्तजन, नेपाल भित्र र बाहिरका साथी तथा शुभेच्छुक सबैप्रति हामी कृतज्ञ व्यक्त गरेका छन् ।
थापाको उपचारका लागि व्यक्त भएका सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि नेपालका राष्ट्रपति, नेपाल सरकार तथा विभिन्न राजनीतिक दलका तर्फबाट व्यक्त भएको सहयोग गर्ने इच्छा, सद्भाव र शुभेच्छाको लागि धन्यवाद व्यक्त गरेका छन् ।
Leave a Reply