आगामी आर्थिक वर्षकाे बजेट २१ खर्ब २४ अर्ब ३४ करोड

दलित अनलाइन जेष्ठ १५, २०८३

काठमाडौं —   अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँबराबरको बजेट ल्याएका छन्। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा उनले बजेट पेस गरेका हुन्।

चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ।

बजेट खर्च धान्न राजस्वबाट १४ खर्ब ५ अर्ब, वैदेशिक ऋण २ खर्ब ४७ अर्ब, वैदेशिक अनुदान ६१ अर्ब ७४ करोड र आन्तरिक ऋण ४ खर्ब १० अर्ब उठाउने उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank