इन्दु शंकरले उखु किसानलाई भुक्तानी गर्‍यो २ अर्ब २ करोडभन्दा धेरै रकम

दलित अनलाइन जेष्ठ १०, २०८३

काठमाडौं — सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योगले उखु किसानको सम्पूर्ण रकम भुक्तानी गरेको छ।

क्रसिङ सिजन २०८२/०८३ मा उखु किसानहरूबाट खरिद गरेको उखुको सबै रकम भुक्तानी गरिएको उद्योगका प्रशासकीय प्रवन्धक ठाकुरप्रसाद नेपालले जानकारी दिए।

इन्दु शंकरले यस सिजनमा ३२ लाख ९३ हजार १२३ क्विन्टल उखु क्रसिङ गरेको छ।  क्रसिङ भएको उखुको दुई अर्ब दुई करोड १८ लाख ६४ हजार एकसय १६९ रुपैयाँ गरिएको नेपालले जानकारी दिए।

‘गएको सिजनमा क्रसिङ भएको उखुको उद्योगले दिनुपर्ने सबै रकम हामीले किसानलाई भुक्तानी गरिसकेका छौँ,’ उनले नेपालखबरसँग भने।

गएको पुस ७ गतेदेखि सञ्चालनमा आएको उद्योग उखु क्रसिङ सकेर चैत तेस्रो साता नै बन्द भइसकेको छ।

इन्दु शंकरले गत वर्ष ३१ लाख क्विन्टलभन्दा धेरै उखु क्रसिङ गरेको थियो। यस वर्ष इन्दु शंकरले गत वर्षभन्दा झण्डै दुई लाख क्विन्टल बढी उखु क्रसिङ गरेको छ।

सर्लाही देशकै सबैभन्दा धेरै उखु उत्पादन हुने जिल्ला हो। इन्दु शंकरले यस वर्ष सर्लाही जिल्लाको मात्रै उखु क्रसिङ गरेको क्यान म्यानेजर रजकले बताए। गत वर्षसम्म उद्योगले महोत्तरी, धनुषा लगायतका जिल्लाबाट पनि उखु ल्याउने गरेको थियो।

यस वर्ष उखुको मूल्य वृद्धि भएकाले किसान पनि उत्साहित छन्।

सरकारले गत वर्षभन्दा प्रतिक्विन्टल ७० रुपैयाँ वृद्धि गरेर यस वर्षको लागि उखुको मूल्य ६९० रुपैयाँ कायम गरेको थियो।

सरकारले अनुदानबापत दिनुपर्ने प्रतिक्विन्टल ७० रुपैयाँ भने किसानले अझै पाएका छैनन्। उद्योगले दिनुपर्ने प्रतिक्विन्टल ६२० रुपैयाँ भने इन्दु शंकरले किसानलाई भुक्तानी गरेको हो।

केपी ओली नेतृत्वको सरकारले कटौती गरेको अनुदानको रकमलाई सुशीला कार्की नेतृत्वको तत्कालीन चुनावी सरकारले निरन्तरता दिने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank