रूकुम हत्याका दोषीलाई कारबाहीको माग गर्दै स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा धर्ना

दलित अनलाईन २१ जेष्ठ २०७७, बुधबार ०६:३८

स्याङ्जा-रूकुम हत्या  प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै स्याङ्जाको कालिगण्डकी गाउँपालिकामामा दलित अधिकारर्मीहरूले धर्ना दिएका छन् ।

धर्नापश्चात् कालीगण्डकी गाउँपालिका अध्यक्षमार्फत गृहमन्त्रालयलाई उनीहरूले ज्ञापनपत्र समेत बुझाएका छन् । धर्ना कार्यक्रममा ओफेकका अध्यक्ष देवेन्द्रकुमार सुनार (रसाइली) ले जनयुद्धको आधार भुमिमा भएको जातीय नरसंहारले जनयुद्धको खिल्ली उडाएको बताउँदै।  त्यसको मतियार जनार्दन शर्मा (प्रभाकर) लाई नबन्न  आग्रह गरे । घट्नाको यथाशीघ्र सत्यतथ्य छनबिन गरी दोषीउपर हदैसम्मको कारबाही गर्न उनले माग गरे ।

दलित साझा मञ्च कालिगण्डकी गाउँपालिकाका अध्यक्ष दीपक प्रकाश घिलेले सामाजिक संजालमा नवराज बिकप्रति लेखिएका भ्रमपुर्ण सूचनामा रनभुल्ल नपर्न सबैलाई आग्रह गरे । एक्काइसौं शताब्दीमा भएको जातीय विभेदका घट्नाका दोषीलाई कडा कारबाही हुनुपर्नेमा उनकाे जोड थिए  ।

कालीगण्डकी गाउँकार्यपालिका सदस्य सोभाकर दर्जीले रुकुम घटनाको त्यो दिनलाई कालो दिनको रुपमा सम्झनु पर्ने बताए। वडा सदस्य तोलाकान्त विश्वकर्माले सबै किसिमका विभेदको अन्त्यका लागि खबरदारी गर्न आवश्यक रहेको बताए ।

ज्ञापनपत्र बुझ्दै गाउपालिका अध्यक्ष खीमबहादुर थापाले रूकुमको घट्ना दुःखद् भएको बताउँदै  । आफुलाई दिइएको ज्ञापनपत्र गृहमन्त्रीसमक्ष पु¥याउने उनले  आश्वासन दिए ।

 

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank