काठमाडौं — सांसदहरूले लिपुलेकबारे सरकारले कूटनीतिक नोट पठाएर मात्रै नपुग्ने बताएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारले कूटनीतिक नोट पठाएर मात्रै नपुग्ने बताउँदै भूमि फिर्ताका लागि कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिए।
_U1ooH7l8BT.gif)
‘असहमतिले मात्रै पर्याप्त हुँदैन, जुन भू–भाग मिचेका छन् । फिर्ता लिन कूटनीतिक प्रयास गर्नुपर्छ,’ नेकपाका सांसद प्रमेश हमालले भने। राजनीतिक दलसँग सहमति गरेर वार्तामार्फत समस्या समाधान गर्न उनको सुझाव छ ।
यस्तै, सांसद गणेश विश्वकर्माले असंग्न परराष्ट्र नीतिमा अडिग रहनुपर्नेमा जो दिए। उनले भन, ‘लिपुलेक कालापानीको विषयमा कूटनीतिक नोट पठाएको भनिएको छ । कूटनीतिक नोट ध्यानाकर्षण मात्र हो । वार्तामार्फत समस्या समाधान गर्नुपर्छ।’
कांग्रेस सांसद सन्दीप रानाले लिपुलेकबारे छिमेकी देशहरूले पर्याप्त चासो नदिएको बताउँदै वार्ताबाटै समस्या समाधान गर्नुपर्नेमा जोड दिए।
नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राबारे सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत–चीन दुवै पक्षलाई कूटनैतिक माध्यमबाट पुनः अवगत गराएको जनाएको थियो । परराष्ट्र मन्त्रालयले दुवै देशलाई ६ बुँदे कूटनीतिक नोट पठाएको थियो ।


























Leave a Reply