३० जिल्लामा आकस्मिक बाढी र जोखिमको सम्भावना

दलित अनलाइन साउन १९, २०८३

काठमाडौँ — देशका विभिन्न स्थानमा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

आज (मंगलबार) पनि बाढी महाशाखाका अनुसार आज काठमाडौँसहित ३० जिल्ला र आसपासका खोला/नदीमा आकस्मिक बाढी आउने र जोखिम हुने सम्भावना देखिएको हो।

बाढी महाशाखाले बुलेटिन जारी गरी भनेको छ, ‘आज ताप्लेजुङ, इलाम, झापा, धनकुटा, भोजपुर, मोरङ, सुनसरी, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट, लमजुङ, कास्की, म्याग्दी, बागलुङ, बाँके, जाजरकोट, रुकुमपूर्व , रुकुमपश्चिम, सुर्खेत, दार्चुला, बैतडी, अछाम, डोटी र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank