पोखरामा एमालेले कार्यक्रम बिथोल्न खोज्यो, तर हामी डराउँदैनौं : सुदन गुरुङ

दलित अनलाइन मंसिर १५, २०८२

काठमाडौँ — हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले आफ्नो पोखरा भ्रमणलाई लिएर नेकपा एमाले र केही समूहले अवरोध गर्न खोजेको आरोप लगाएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत संयोजक गुरुङले आफूहरू पोखरा आउने खबर पाएपछि कार्यक्रम बिथोल्ने प्रयास भइरहेको दाबी गरेका हुन्। उनले पोखरामा नयाँ पुस्ता (जने-जी) को संगठन विस्तार र आम नागरिकसँग भेटघाटका लागि आफूहरू निस्किएको जानकारी दिएका छन्।

Shivam Cement

गुरुङले भने- ‘पोखरामा जेन–जी भाइबहिनीहरूको संगठन बलियो बनाउन र देशप्रेमी पोख्रेली आमा-बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू भेट्न हामी पोखरा निस्कियौँ। तर, हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ।’

विपक्षीहरूको अवरोधले आफ्नो अभियान नरोकिने उनले स्पष्ट पारेका छन्। विगतमा पनि देशका लागि लडेर आएको स्मरण गराउँदै गुरुङले कसैसँग सामना गर्न आफूहरू पछि नहट्ने चेतावनी दिए।

‘हामी हिजो देशका लागि लडेर आएका हौँ, आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन,’ उनले भनेका छन्, ‘हामी सधैं सत्य र देशको पक्ष उभिन्छौँ।’ गुरुङले युवाहरूको आवाजसँग जोडिएर आफूहरू अझ बलियो हुने र गर्वका साथ झण्डा उठाएर पोखरा प्रवेश गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank