नेपाल राष्ट्रिय दलित समाज कल्याण संघमा लागेकाे ताला ३ बुँदे सहमति गरी खाेलियाे

दलित अनलाईन २८ असार २०७५, बिहीबार २०:५५

काठमाडौं- बिजेश्वरी दलित विकास छात्रबासको जग्गा कब्जा गर्न खोजेको भन्दै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (एनएनडिएसडब्लुओ) नामक गैरसरकारी संस्थाको कार्यालयमा संयुक्त दलित संघर्ष विद्यार्थी संगठनले गरेको तालाबन्दी विहिबार खोलिए छ ।
एनएनडिएसडब्लुओले छात्रावास भएको जग्गाको अस्थायी लालपुर्जा लिएको र उक्त छात्राबासलाई नीजिकरण गर्न खोजेको विरोधमा विभिन्न राजनीतिक भातृसंगठनमा आवद्ध विद्यार्थीहरुले तालाबन्दी सोमबार तालाबन्दी गरेका थिए । ताला लगाएको ३ दिनपछि संयुक्त दलित संघर्ष विद्यार्थी संगठनको टोली र राष्ट्रिय दलित समाज कल्याण संघको टोली तीन बुँदे सहमति गरेपछि ताला खोलिएको हो ।
संघले छात्रावासको सम्बन्धित गरेको सबै निर्णयहरु खारेज गर्ने पहिलो बुँद्धामा भनिएको संघर्ष समितिका संयोजक मदन भुलले बताउनुभयो । त्यस्तै नयाँ संचालक समिति बनाउने र पाँच दिनत्रि छात्राबासको दुर्घकाली समस्या समाधान गर्नेका लागि सर्वदलीय भेला आयोजना गरी छात्रावासलाई पूर्णकालीन निकायस निकल्ने गरी अघि बढ्ने सहमित भएको भुलले जानकारी दिनुभयो । संघर्ष समिति र संघकोबीच सहमति भएको छ, त्यसैले ताला खोलियो ,उहाँलेभन्नु भयो , छात्राबास संस्थाले कब्जा गर्ने पाउँदैनन् । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank