एक सय घरका मुसहर समुदायले पाए मास्क र साबुन

दलित अनलाईन १८ चैत्र २०७६, मंगलवार १२:५४

जनकपुरधाम – धनुषाको सबैला नगरपालिका १२ बडकुर्वाका मुसहर समुदायका एक सय घर परिवारलाई  सोमबार नियमित हात धुनका निम्ति साबुन र प्रयोग गर्न मास्क प्रदान गरिएको छ ।

भोर अनुसन्धानमा आधारित एक परोपकारी संस्थाले मुसहर समुदायलाई मास्क र साबुन वितरण गरेको हो । प्रतिपरिवार पाँच थान माक्स र दुई थान साबुन वितरण गरिएको हो ।

कोरोनाको संक्रमण फैलिन नदिन सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै उनीहरुलाई मास्क र साबुन वितरण गरिएको भोरका कोषाध्यक्ष पचुलाल माझी मुसहरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank