म्याग्दीमा पहिरोले घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु

दलित अनलाईन १७ श्रावण २०७९, मंगलवार १२:२३

काठमाडौं — म्याग्दीमा  (आइतबार) बिहान पहिरोले घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ।

म्याग्दी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजन ढकालका अनुसार जिल्लाको मालिका गाउँपालिका–२  रुममा पहिरोले घर बगाउँदा ३८ वर्षीय घाम बहादुर विकसहित उनको परिवारका ५ जनाको मृत्यु भएको हो। 

 

‘प्रहरी टोली भर्खरै घटनास्थल पुगेको छ’, प्रवक्ता ढकालले भने, ‘बेपत्ता ३ जनाको पनि शव भेटियो।’ यससँगै मृतकको संख्या ५ पुगेको छ। सबै जना एकै परिवारका हुन्।

उनका अनुसार पहिरोमा परी ३८ वर्षीय घामबहादुर, उनका पत्नी ३५ वर्षीया राममाया विक, छोरा १५ वर्षीय नविन विक, अर्का छोरा १३ वर्षीय राजन विक र नाम नखुलेकी ५ वर्षीया छोरीको शव फेला परेको हो।

यस्तै त्यही ठाउँमा पहिरोल अर्काे घर पुर्दा २ जना घाइते भएका छन्। स्थानीय ६५ वर्षीय गोठे विक र उनकी पत्नी ६५ वर्षीयालाई घाइते अवसथामा उद्धार गरिएको प्रहरी निरीक्षक ढकालले जानकारी दिए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank