मापदण्ड विपरित नदी उत्खनन् गर्ने १७ सवारी साधन प्रहरी नियन्त्रणमा

दलित अनलाइन बैशाख २३, २०८३

काठमाडौं — अवैध ढंगले भेरी नदीमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्ने १७ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भेरी नदीमा अवैध रुपमा वालुवा संकलन गरिरहेका र १२ टिपर, दुई ट्याक्टर, दुई जेसीभी र १ एक स्काभेटरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधीरराज शाहीले जानकारी दिए।

Shivam Cement

सुर्खेतको भेरीगंगा र लेकबेँसी नगरपालिकाका विभिन्न स्थानमा अवैध नदीजन्य सामाग्री उत्खनन् गरिरहेका सवारी साधनहरुलाई नगरपालिकाको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। भेरीगंगा नगरपालिका– १३, को सालटाकुरा र लेकबेँसी नगरपालिका– ७ को पटारे क्षेत्रमा अत्यधिक अवैध जनीजन्य सामग्री उत्खनन् भइरहेको प्रहरीले जनाएको छ।

मापदण्ड विपरित नदी उत्खनन् गर्नेहरुको सवारी साधन नियन्त्रणमा लिएको प्रहरी प्रमूख शाहीले बताए।

कानूनी प्रक्रिया मिचेर अवैध रुपमा नदीजन्य सामग्री संकलन गरिरहेकाहरुको सवारी साधन नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘नियन्त्रणमा लिएका सवारी साधनहरुलाई कारवाही गर्न सम्बन्धित पालिकामै पठाईने छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank