प्रधानमन्त्रीको सम्बोधन भोलिका लागि सर्‍यो

दलित अनलाईन ११ असार २०७५, सोमबार १०:३६

काठमाडौं –  प्रतिनिधिसभाको विनियोजित विधेयकमाथिको छलफल जारी रहेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ।

चीनको ६ दिने राजकीय भ्रमणबाट सकेर आइतबार स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलील सोमबार दिउँसो संसदलाई सम्बोधन गर्ने कार्यक्रम थियो।

विनियोजित विधेयकमाथिको छलफल जारी रहेका कारण प्रधानमन्त्री ओलीले मंगलबार संसदलाई सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले नेपाल खबरसँग कुरा गर्दै प्रधानमन्त्रीको सम्बोधन भोलिका लागि सरको बताए। ‘प्रधानमन्त्री ओलीले भोलि दिउँसो २ बजे संसदलाई सम्बोधन गर्नुहुनेछ’, उनले भने।

मंगलबार संसदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् लगायतका कार्यालयको मन्त्रालयगत छलफल हुने कार्यक्रक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank