दलित बालिकालाई बलात्कार गरी हत्या , मृतककी आमाले गरिन् जाहेरी दर्ता

दलित अनलाईन १० पुष २०७५, मंगलवार १३:३८

पचुलाल माझी

सर्लाही, सर्लाही जिल्ला कविलासी नगरपालिका वडा नं. ७ सिरसियाकी दलित बालिका संझा कुमारी माझी मुसहरको बलात्कार गरी हत्या गरिएको छ ।
मंगलबार मृतककी ६० बर्षीय आमा फुलकुमारी माझी मुसहरले कानुनी कार्वाहीको लागि ईलाका प्रहरी कार्यलय,हरिपुरमा किटानी जाहेरी दिइएकी छन् ।
गत १८ गते मङ्गलबारको दिन साझ ७ बजे घरबाट निस्केको १५ बर्षीय बालिका संझा कुमारी माझी अवेला राती सम्म घर नआएको र भोली १९ गते बुधबार करिब ७ बजे तिर घर भन्दा १०० मीटरको दुरीमा रहेको अनाज पासवानको भैसी राख्ने गोठ घरमा झुन्डिरहेको अवस्थामा फेला परेको थियो । केही व्यतिmहरुले यस घटनालाई आत्मा हत्या बनाउन प्रयास गरिरहेको र विभिन्न किसिमको डर, त्रास देखाएको कारण पहिला उजुरी गर्न नसकेको मृतककी आमाले बताए । आत्मा हत्या गर्नुको कुनै कारण नरहेको र झुण्डिएको औढनी खुकिलो रहेको, जिब्रो बाहिर नआएकोले रातको समयमैमा नै बलात्कार गरी मारेर त्यहा कविलासी–७ सिरसिया निवासी विनय राय र चुनचुन रायले राखेकोले कानुनी कार्यवाही गर्नको लागि किटानी जाहिरी दिएका छन् ।
अभियुतm ब्यतिmहरुले पहिला पनि निज संझा कुमारी माझीलाई कपाल समाति घरमा लगेर शारीरिक यौन हिसां गर्न खोजेको तथा केही दिन अगाडी गाजा खाएर नसाएको अवस्थामा मेरो घरमा आइ छोराबुहारीलाई यौन जन्य क्रियाकलाप गर्न खोज्दा बुहारीले हल्ला गर्दा ती अभियुतmहरु भागेका थिए । यस्तो कुराले आफैलाई बेज्जती हुन्छ र ती अभियुतm मालिकहरु गजाको झोकमा त्यसतो गरेकोले अब गर्दैन भनेर केही ब्यतिmहरुले भन्दा आफु उजुरी नदिएको पिडित परिवारले बताए ।
म गरिब मुसहर समुदाय दैनिक ज्यालादारी गरी जिवनयापन गर्ने ब्यतिm ती मालिकहरु सित एकलै लडने क्षमता नभएकोले न्यायको लागी मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, दलित अधिकारकर्मीहरुले पहल गरिदिनुहुन आग्रह गरेका थिए ।
ईलाका प्रहरी कार्यलय, हरिपुरका इन्सपेकटर रमेश बहादुर पालका अनुसार यस बारे अनुसन्धान भैइरहेको र दोषी ठहरे मुदा दर्ता गरी अनुसन्धान अगाडी बढाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank