दलमर्दन कामीकाे पहलमा थापाथलीस्थित सुकुम्बासी बस्तीमा पाए राहत

दलित अनलाईन १७ चैत्र २०७६, सोमबार २२:४२

विगत तीन महिना बाट चीनको वुहान सहर हुँदै फैलिएको कोरोना भाइरस बिश्वका २०० मुलुकमा लागेर दसौं हजार मानिसहरुको प्राण कोरोनाले लिइसकेको छ। छिमेकी मुलुक चाइनाको वुहान शहर बाट सुरुभएको कोरोना युरोप,अमेरिका लगायतका मुलुक सहित दोस्रो छिमेकी मुलुक भारत पछी नेपालमा प्रवेश गरेको कोरोना विश्वव्यापी महामारीको रूपमा यसरी फैलिँएको हो।

बिश्वभर महामारीको रूपमा फैलिएको कोरोना नेपालमा देखिन साथ यहि चैत ११ गते नेपाल सरकारले नेपालमा कोरोना बाट कोहि पनि सङ्क्रमित नहोस् भन्ने उदेश्यले लकडाउन गरेको हो । लकडाउन सङ्गै दैनिकी काम गरेर घरको गुजारा गर्ने गरिव तथा मजदुरहरुको काममा बाधा पुगेसङ्गै उनीहरुमा बिहान बेलुकी खानाको समस्या पर्न थालेको हो । करिब एक हप्ता लकडाउन पछी सुकुम्बासी तथा गरिवहरुको घरमा चुलो बल्न थालेको खबर आउन थालेको हो ।

लाकडाउनको एकहप्ता पुग्दा नपुग्दै बिगत १५ बर्ष देखि सुकुम्बासीको रूपमा काठमाडौंको थापाथली स्थित सुकुम्बासी बस्तीमा खानाको समस्या पर्न थाले पछि सोही स्थानमा बस्तै आएका समाजवादी पार्टीका नेता दलमर्दन कामिले बस्तीमा तत्काल राहतको सहयोग पुर्याइदिनु भनी अपिल गरेका थिए । सो अपिल लाई देखेपछि थापाथली सुकुम्बासी बस्तीमा ललितपुर निवासी सुबास सुब्बा लिम्बु , उनको श्रीमती लोइस सुब्बा लिम्बु र छोरा मिलेनियम प्रिन्स सुब्बाको परिवारले चैत सत्र गते सोमबार करिब १५० घर सुकुम्बासी परिवरलाइ राहत बितरण गरेका हुन । सुबास सुब्बा लिम्बु एलशादाइ चर्च नेपाल ललितपुरका पाष्टर हुन रहेको बुझिएको छ लिम्बुले आफ्नो ब्याक्तिगत रूपमा १५० परिवारका हरेक घरमा १५ कजि चामल,१केजि दाल,१ लिटर तेल, मसेउरा र चना राहत बितरण गरेको नेता दल मर्दन कामीले बताए ।

समाजवादी पार्टीका केन्द्रिय सदस्य दल मर्दन कामीले आफ्नो फेसबुक बालमा थापाथली काठमाडौं ११ का सुकुम्बासी बस्तीमा रोगले भन्दा पनि भोकले मर्ने अबस्था रहेको भनी सरकार र सरोकारवालामा सहयोगको अपील गरेका थिए । कामीले गरेको अपिल जस्ताको तस्तै प्रेस बिज्ञप्ती ।

 

आदरणीय दिदीबहिनी दाजुभा तथा पत्रकार साथीहरू !

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस COVID-19 नियन्त्रणका लागि नेपाल सरकारद्वारा यहि चैत ११ गतेका दिन बाट लकडाउन जारी गरेको आज पाचौं दिन भएको छ। यति हुदाहुदै कोरोना भाइरस संक्रमित भइ दुई जनाको मृत्यु भैसकेको छ भने आंशिक रूपमा बढ्दो अबस्थामा रहेको छ। यसबेला कोरोना भाइरस COVID-19 बाट आफू बाच्ने र अरुलाइ पनि बचाउनु प्रत्येक मानिसको जिम्मेवारीहो यस्तो बेला हामी सबैले चनाखो,आत्मसंयम हुन, सावधानी र सचेतना अपनाउनु जरुरी छ।

साथीहरू हामी सचेत मानिस सबैजना कुनैन कुनै संघसंगठन ,सस्था, उध्योग, ब्याबसायमा, समाजसेवा वा राजनीति पार्टीमा जोडिएकाछौ । यो महामारीको अवस्थामा भावनात्मक रूपमा के गरौं कसो गरौं कसरी सेवा सुबिधा लिने र अरुलाइ सेवा पुर्याउने अर्थात कसरी उद्वार गरौं भनी छटपट्टी हुनु स्वभाविक हो तर यस बेला अत्यन्तै सजक भएर आफू बाच्ने र अरुलाइ बचाउने कुरा प्रमुख विषय हो ।

आदरणीय दिदीबहिनी दाजुभाइ तथा साथीहरू यस्तो विषम परिस्थितिमा नेपाल सरकारले गरेको लकडाउनको आदेशलाई सबैले पुर्ण रूपमा अनुशासित भइ पालन गर्न गराउन रचनात्मक भुमिका खेलौं । घर वाट बाहिर ननिस्कने, नियमित साबुन पानीले हात धुने, हाक्षु गर्दा खोकीलाग्दा नाक मुख छोप्ने, जाथाभावि फोहोर नगर्ने नथुक्ने ,मानिसको बीच नजाने जान परिहाले न्यूनतम ४ फिट अलग रहने जस्ता स्वास्थ्य सम्बन्धी नियमहरूलाई पालना गर्न आआफ्नो स्थान बाट सकारात्मक कदम चालौ ।

दिदीबहिनी दाजुभाइ हामीले गर्नु धेरै छ समाजमा रहेको जातीय विभेद तथा छुवाछूत जस्तो कुप्रथाको अन्त्य,समाजिक धार्मिक तथा भौगोलिक विकटताको अन्त्य गर्दै समतामूलक समाज निर्माण र अन्तर्राष्ट्रिय रूपमा नेपाल र नेपाली जनताको उच्चशिर पार्न बिकास र समृद्धि ल्याउनु छ ।,तसर्थ यसबेला नोबेल कोरोना भाइरस COVID-19 अत्यन्तै सुरक्षित भएर आआफ्नो तर्फबाट रचनात्मक भुमिका खेल्न समाजवादी पार्टी, शिल्पी विशेष प्रदेश समितिका नेताकार्यकर्ता पार्टीका सहकर्मी साथीहरू एवं मातहतका सबै कमिटीका साथीहरूलाई विशेष आग्रह समेत आह्वान गर्दछु ।

साथै नेपाल सरकार संघ,प्रदेश र स्थानीय निकायले यो विषम परिस्थितिमा आफु र आफ्नो मातहतका सबै संरचनालाई प्रभावकारी परिचालन गर्ने , एवं देशका सबै स्थानमा जस्तै शहर,गाउँ सबैतिर चिकित्सक तथा फ्रन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुरक्षा तथा थप समाग्री उपलब्ध गराउने र अति विपन्न सुकुम्बासी तथा अव्यवस्थित बसोबास बस्तीमा खाना तथा अत्यावश्यक उपभोग्य बस्तुको अभाव हुन नदिन तीनै तहका सरकारहरू साथै सम्बन्धित संघ संस्था र सम्बन्धित सबैलाई विशेष ध्यानाकर्षण गर्दछु । केन्द्रिय सदस्य एवं अध्यक्ष , दल मर्दन कामी समाजवादी पार्टी, शिल्पी विशेष प्रदेश समिति २०७६ चैत १५ ।

यसरी कामीको अपीललाई सामाजिक सन्जाल फेसबुकमा देखेपछि समाजसेवी तुलसी श्रेष्ठ (आषिश श्रेष्ठ)ले सुबास सुब्बा लिम्बुको परिवारसंग संयोजनको भुमिका खेलेका थिए। नेता दलमर्दन कामिका अनुसार राहत पाएपछी स्थानीय सुकुम्बासीहरु अब एक हप्ता बाचिनेभो भनी खुशी रहेछन उनले भने अब एक हप्तालाइ केहिराहात मिलेको छ तर यतिले नपुग्ने बताउदै लकडाउन नहटेसम्म तत्काल सरकार र सम्बन्धित निकायले अन्य राहतको ब्याबस्था गर्न पर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank