लोकतन्त्रको जग बलियो बनाउनुपर्छ : पूर्वराष्ट्रपति डा यादब

दलित अनलाईन २० भाद्र २०७५, बुधबार २१:०१

तनहुँ – पूर्वराष्ट्रपति डा रामवरण यादवले लोकतन्त्रलाई संस्थागत गर्न लोकतन्त्रको जग बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

व्यास नगरपालिकाको बहुउद्देश्यीय भवनको आज यहाँ एक समारोहबीच उद्घाटन गर्दै उहाँले भन्नुभयो, “लोकतन्त्रको जग बलियो भयो भने मात्र नेपाली जनताले समृद्धि र सुशासनको अनुभूति प्राप्त गर्न सक्छ, त्यसैले यसका लागि सबै पक्ष गम्भीर भएर लाग्नुपर्दछ ।”

पूर्वराष्ट्रपति डा यादवले बहुउद्देश्यीय भवन निर्माणले यहाँको विकासमा ऊर्जा थपेको उल्लेख गर्दै मुलुकको विकास र समृद्धिका लागि पर्यावरण र सम्पदालाई जर्गेना गरी कलकारखाना स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

तीनवटै तहका जनप्रतिनिधिले जनताको पक्षमा इमान्दारीपूर्वक काम गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालीहरुलाई विदेशिनु नपर्ने गरी ऊर्जा शक्तिबाट धनी राष्ट्र बनाउनुपर्नेमा जोड दिदैं आत्मनिर्भर हुनका लागि कृषि र पर्यटन क्षेत्रमा क्रान्ति गर्नुपर्ने बताउनुभयो ।

व्यासनगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रियसभाका सदस्य प्रकाश पन्थ, प्रदेशसभा सदस्य आशा कोइराला, दोबाटे बिक र सरिता गुरुङ, नेकपाका केन्द्रीय सदस्य पीएल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले तथा पूर्वसांसद धुव्र वाग्लेलगायतले बहुउद्देश्यीय भवन निर्माणले नगरपालिकाको आयस्तर वृद्धि हुने बताउनुभयो ।

नगर विकास कोषको ऋण तथा अनुदान सहयोग र व्यास नगरपालिकाको रु ११ करोड ३७ लाख ८६ हजार संयुक्त लगानीमा उक्त भवन निर्माण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank