रुकुमपूर्वको पुथाउत्तरगंगा–२ मा माओवादीको प्यानल विजयी

दलित अनलाईन १ जेष्ठ २०७९, आईतवार ११:२३

रुकुमपूर्व — रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ मा पनि नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।

यस वडाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका जसबहादुर श्रीपाली विजयी भएका हुन् । उनले एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार कर्णबहादुर बुढालाई पछि पार्दै २३४ मत ल्याएर विजयी हासिल गरेका हुन् । कर्णबहादुरले १८९ मत पाएका छन् ।

माओवादी केन्द्रबाटै २३९ मत ल्याएर दलित महिला सदस्यमा मायाधन कामी, २४३ मत ल्याएर औसी बुढा महिला सदस्यमा, २३४ मत ल्याएर मनिराम मुन र २३६ मत ल्याएर खाल पुन खुला सदस्यमा विजयी भएका छन् । २ नम्बर वडामा कुल ४९२ मतदाता रहेकोमा ४२४ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank