भूकम्पपीडितलाई दुई करोड ७४ लाख ७५ हजारबराबरकाे सहयोग

दलित अनलाईन ३० कार्तिक २०८०, बिहीबार ०९:५३

काठमाडौँ —  चिनियाँ कम्युनिस्ट पार्टीले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई अतिरिक्त सहयोग गरेको छ ।  यसअघि चीन सरकारले पनि सहयोग गरेको थियो । पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई बुधबार साँझ दुई करोड ७४ लाख ७५ हजारबराबरकाे राहत सामग्री उपलब्ध गराएको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सिनले ती सामग्री नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराई, नेकपा (माओवादी केन्द्र) महासचिव र नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठलाई संयुक्त रूपमा हस्तान्तरण गरे।

भूकम्पपीडितका घरदैलोमा नै ती सामग्री चिनियाँ दूतावासले पुर्‍याइदिने जानकारी दिएको डा. भट्टराईले बताए । स्थानीय राजनीतिक दल र प्रतिनिधिहरूको सहयोग र समन्वयमा राहत सामग्री वितरण गर्न आफूहरूले सुझाएको जानकारी दिँदै उनले छठपछि उक्त सामग्री एकद्वार प्रणालीबाट भूकम्पपीडितलाई हस्तान्तरण गरिने जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank