प्रधानमन्त्रीले विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेट गर्दै

दलित अनलाइन चैत्र २५, २०८२

काठमाडौँ — प्रधानमन्त्री बालेन शाहले काठमाडौंस्थित विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेट गर्दै छन् ।

बुधबार (चैत २५) प्रधानमन्त्री शाहले राजदूतहरूसँग सामूहिक भेट गर्न लागेको उनका प्रेस बिज्ञ दिपा दाहालले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् ।

प्रधानमन्त्री शाहले आज मध्याह्न १२ बजे नेपालमा रहेका विभिन्न करिब २० देशका राजदूतसँग भेटवार्ता गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

विगतका प्रधानमन्त्रीहरूले राजदूतहरूलाई एक्लाएक्लै भेट्ने गरेकोमा प्रधानमन्त्री शाहले नयाँ अभ्यासको सुरुवात गर्न लागेका छन् । नेपालमा रहेका विभिन्न देशका राजदूतलाई यसरी भेट्नुलाई विशेष चासोका रूपमा हेरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल प्रमुख कुमार राई, प्रवक्ता तथा सह–सचिव लोकबहादुर पौडेल क्षेत्री  र मुख्य सचिव सुमनराज अर्याल पनि सहभागी हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank